सुर्खेतपत्र संवाददाता
जाजरकोट, ८ माघ ।
नहरको मर्मत कार्य गर्न थालेपछि जाजरकोट सदरमुकाम खलंगामा आइतवार बिहानैबाट विद्युत सेवा अवरुद्ध भएको छ । सदरमुकाम खलंगाका १, २, ३ र ६ वडाहरुमा विद्युत सेवा पुर्याउँदै आएको सांट/रिसाङ लघु जलविद्युत आयोजनाको नहर मर्मत गर्न थालेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
विद्युत सेवा अवरुद्ध उपभोक्ताहरु मारमा परेका छन् । नहरको निर्माण कार्य भइरहेको र सकेसम्म छिट्टै विद्युत सेवा सुचारु गरिने आयोजनाका अध्यक्ष लिलाबहादुर शाहले बताए । विद्युत सेवा अवरुद्ध भएपछि जिल्लास्थित संचाकर्मीहरु, दुई ओटा सामुदायिक रेडियो, सरकारी तथा गैरसरकारी कार्यालयहरु र सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।नहरको मर्मत कार्य गर्न थालेपछि जाजरकोट सदरमुकाम खलंगामा आइतवार बिहानैबाट विद्युत सेवा अवरुद्ध भएको छ । सदरमुकाम खलंगाका १, २, ३ र ६ वडाहरुमा विद्युत सेवा पुर्याउँदै आएको सांट/रिसाङ लघु जलविद्युत आयोजनाको नहर मर्मत गर्न थालेपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
No comments:
Post a Comment