क्षेत्रीय समितिमा सुनार

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ८ माघ ।
    राष्ट्रिय जनमोर्चा सुर्खेत क्षेत्र नं. ३ को अध्यक्षमा लक्ष्मी सुनार चयन भएकी छन् । सोमवार सम्पन्न भेलाको बन्द सत्रले सुनारको अध्यक्षतामा ९सदस्यीय कार्यसमिति चयन गरेको छ ।
    कार्यसमितिमा उपाध्यक्ष विष्णु शाही, सचिव खुशीजीजंग बस्नेत, कोषाध्यक्ष थानेश्वर तिवारी र सदस्यहरुमा केशर अधिकारी, जीतबहादुर बुढा, भद्रबहादुर केसी, भूमि न्यौपाने र बासुदेव काडेल छभने धीरेन थापा र लालबहादुर नेपालीलाई सल्लाहकार चयन गरिएको छ ।
    भेलाको उद्घाटन आइतवार राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले गरेका थिए । सो अवसरमा सचिव दिपेन्द्र उपाध्यायको समेत उपस्थिति थियो । राष्ट्रिय जनमोर्चाले यही माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका साथै वर्तमान सरकारको निरंकुशताविरुद्धको आन्दोलनलाई अगाडि बढाउने र आगामी फागुन महिनामा जनपरिचालन अभियान गरिने जानकारी केन्द्रीय सदस्य प्यासीले बताए ।
 

No comments:

Post a Comment