प्रविधिको विकास यति तीव्र गतिमा भइरहेको छ कि हामीले त्यसको अनुमान लगाउन पनि मुस्किल हुन थालिसक्यो । त्यसको उदाहरणको हो मार्टिन घडी । यो घडीले समयबारे जानकारी दिने त भइहाल्यो, अन्य धेरै रोचक कामहरु पनि गर्छ । भोक लागेको बेला तपाई आफ्नो नाडीमा बाँधिकाएको यो घडीलाई नजिकै रेस्टुरेन्ट कहाँ छ भनेर सोध्न सक्नु हुनेछ । यसले तपाईले नजिकै भएको रेष्टुरेन्टको नाम बताइदिन्छ । घडीमा एलसीडी डिस्प्ले छ, जहाँ तपाई आफ्नो फेसबुक स्टाटस अपडेट गर्नसक्नु हुनेछ । यसमा तपाई एसएमएस पढ्न मात्र हैन, कसैले पठाएको सन्देश सुन्न पनि सक्न हुनेछ । कसैलाई थाहै नदिइ नाडीमा बाँधेको घडीले तस्वीर पनि खिचिसकेको हुन्छ ।
झट्ट सुन्दा घडीले यी सबै काम गर्छभन्ने प्रयास नलाग्न सक्छ । तर, विज्ञान प्रविधिको कमाल नै गर्यो । घडी यी सबै काम तपाईको खल्तीमा रहेको मोबाइलको सहयोगमा गरिसकेको हुन्छ । ब्लू टुथ प्रविधिका आधारमा नाडीमा बाँधिएको घडी र खल्तीमा रहेको मोबाइल एकआपसमा जोडिन्छन् । तपाई आफ्नो घडीसंग कुरा गरिरहँदा उसले भने मोबाइलसंग कुरा गर्छ । घडीमा माइक्रो फोन पनि लगाइएको छ, जसले तपाईको आबाजलाई मोबाइलसम्म पुर्याउँछ । यो घडी एन्ड्रोइड र आईओएस (एप्पल अपरेटिङ सिस्टम) दुबै प्रकारको मोबाइलमा काम गर्छ । क्यालिफोर्नियामा रहेको मार्टिन वाच वायरलेस टेक्नोलोजिमा काम गर्ने कम्पनी हो । पछिल्लोपटक ल्याएको यो घडीले अहिले विश्वभर चर्चा कमाइरहेको छ । यस्तो घडीको अधिकतम मुल्य ३ सय अमेरिकी डलरसम्म छ । (एजेन्सीबाट)

No comments:
Post a Comment