सुर्खेतपत्र संवाददाता
दाङ, १५ माघ ।
दाङका ग्रामीण क्षेत्रमा अझै बालीघरे प्रथा (केही अन्न लिइ काम गर्ने चलन) कायम हुँदा लुगा सिउने तथा फलामको काम गर्नेले श्रमअनुसारको मूल्य पाउन सकेका छैन् । आफूहरूको श्रमशोषण भएको र श्रमअनुसारको मूल्य पाउन नसकेको गुनासो उनीहरूको छ । विष्ट (मालिक)का लुगा सिलाइ, कटाइ, बुनाइ तथा फलामका हातहतियारलगायत कृषि औजार मर्मत गरिदिएवापत उनीहरूले वार्षिक एक घर परिवार बराबर १० देखि १५ पाथीसम्म र कतै कतै मुरीसम्म अन्न पाउने गर्दछन् ।
दलित सेवा संघ दलित उत्थान कार्यक्रम तुलसीपुरका अध्यक्ष ईश्वरी स्वर्णकार नगद पारिश्रमिक नदिइ बाली दिनु श्रमशोषणको एउटा रुप हो भन्छन् । अन्नसंगै श्रम साट्ने चलन कहिलेदेखि चल्यो भन्ने कुरा भने कसैलाई पनि थाहा छैन । ‘खै मेरा विष्टहरू त सबै बाजेका पालादेखिकै छन् । यो परम्परा कसरी सुरु भयो, मलाई त थाहा छैन’ टरिगाउँ गाविस वडा नं. ४ का दतकुना नेपाली भन्छन् ।दाङका ग्रामीण क्षेत्रमा अझै बालीघरे प्रथा (केही अन्न लिइ काम गर्ने चलन) कायम हुँदा लुगा सिउने तथा फलामको काम गर्नेले श्रमअनुसारको मूल्य पाउन सकेका छैन् । आफूहरूको श्रमशोषण भएको र श्रमअनुसारको मूल्य पाउन नसकेको गुनासो उनीहरूको छ । विष्ट (मालिक)का लुगा सिलाइ, कटाइ, बुनाइ तथा फलामका हातहतियारलगायत कृषि औजार मर्मत गरिदिएवापत उनीहरूले वार्षिक एक घर परिवार बराबर १० देखि १५ पाथीसम्म र कतै कतै मुरीसम्म अन्न पाउने गर्दछन् ।
पश्चिमाञ्चल क्षेत्रमा खलो प्रथाका नामले र मध्यपश्चिमाञ्चलमा बालीघरे प्रथाका नामले अधिकांश पहाडी क्षेत्रमा पनि चलनचल्तीमा यस्तो प्रथारहेको दलित उत्थान कार्यक्रमका अध्यक्ष ईश्वरी स्वर्णकार बताउँछन् । वर्षभरी आफ्नो श्रम अन्नसंग साट्ने दमार्इं कामीले आफ्नो श्रमको मूल्य तोकेअनुसार नभई विष्टको इच्छाअनुसार निर्धारण हुने बताउँछन् । स्थानीय बजारमा एउटा सर्ट सिलाएको रु. २ सय एक जोर कुर्ता सुरुवार सिलाएको रु. २ सय ५० सम्म पर्छ भने एक जोर सुट सिलाएको रु. २ हजार ५ सयसम्म पर्ने गर्दछ ।
तर बालिको रूपमा दिइने ज्यालाबाट भने स्थानीय बजार मूल्यका आधारमा उनीहरूको ठूलो श्रमशोषण भएको स्पष्ट हुन्छ । ‘विष्टहरूले दिएको बालीबाट परिवार धान्न त के काममा लागेको श्रम ज्यालासमेत उठ्न सक्दैन’ टरिगाउँ विकास समिति वडा नं २ रझेना दाङका भानु विश्वकर्मा भन्छन् । तुलसीपुर नगरपालिका वडा नं ६ गाईडर दाङका कृष्ण नेपाली विष्टहरूको दयामायाले दिइएको बालीले आफूहरूको जीवनस्तर कहिल्यै पनि नउक्सने विचार व्यक्त गर्दछन् ।
त्यसैगरी सोही ठाउँका मनोज नेपाली (दर्जी) आफ्ना ६० घर जति दाङका विभिन्न स्थानहरूमा विष्टहरू भएता पनि एक विष्ट घरपरिबाट आफूले १० देखि २५ पाथी धान मात्रै पाउने गरेको हुँदा अरुहरूको लुगा पनि ज्यालामा सिउने गरेको बताउँछन् । काम गरिदिएवापत उनीहरूले तत्काल ज्याला नपाइ थोरै अन्नका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यता हुन्छ । बालीमा कामगर्नेहरूलाई विष्टहरूले परिवारकै एक अंशका रुपका मान्ने चलन पनि गाउँघरमा पाइन्छ ।
विष्टका घरमा छोराछोरीको विवाह हुँदा र चैते दसैं, साउने संक्रान्ति, माघे संक्रान्ति तिहारजस्ता चाडपर्वमा विष्टबाट भागको रूपमा खाना, रोटी, मासुलगायतका भाग पाउने परम्परा समेत रहेको छ । यो प्रथा आजको युग सुहाउँदो नभएकोले यसलाई परिमार्जन गर्नुपर्ने आवाज सुनिन थालेको छ ।
No comments:
Post a Comment