सुर्खेतपत्र संवाददाता
सुर्खेत, १५ माघ ।
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न ९ जना अभियुक्तविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दैलेख जिल्ला अदालतमा दायर गरिएको छ । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माले द्वारीका लक्षीराम घर्तीमगर, बालुवाटार–९ निरकबहादुर घर्तीमगर, बीरबहादुर केसी, द्वारीकै हरिलाल पुनमगर, रानीवनका जयबहादुर शाही, छिउडी पुसाकोटका अरुण भन्ने बमबहादुर खड्का, केशव खड्का, कट्टीका मुक्ति भन्ने बमबहादुर खड्का, द्वारीकै भक्तिराम लामिछानेउपर कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको हो ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला न्यायधिवक्ताको कार्यालयले सर्वश्वसहित जन्मकैदको सजाय माग राखी सोमबार सो मुद्दा दायर गरिएको हो । ९ जनाविरुद्ध मुलुकी ऐनको १३ (३) बमोजिम सर्वश्वसहित जन्मकैद माग गरिएको छ । अभियुक्तविरुद्ध उक्त मुद्दा चलाउन प्रहरीले विभिन्न ६८ वटा प्रमाण जुटाएको छ । जिल्ला न्यायधिक्ता डम्बर काफ्लेले प्रहरीको रायसहितको प्रतिवेदनका आधारमा उक्त मुद्दा अदालतमा पेश गरेको बताए । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न ९ जना अभियुक्तविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दैलेख जिल्ला अदालतमा दायर गरिएको छ । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विनोद शर्माले द्वारीका लक्षीराम घर्तीमगर, बालुवाटार–९ निरकबहादुर घर्तीमगर, बीरबहादुर केसी, द्वारीकै हरिलाल पुनमगर, रानीवनका जयबहादुर शाही, छिउडी पुसाकोटका अरुण भन्ने बमबहादुर खड्का, केशव खड्का, कट्टीका मुक्ति भन्ने बमबहादुर खड्का, द्वारीकै भक्तिराम लामिछानेउपर कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरिएको हो ।
No comments:
Post a Comment