आमाले आत्महत्या गरेपछि बालबालिकाको बिचल्ली

सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, १८ माघ ।
    गरिबीका कारण तीन दिनअघि कञ्चनपुरको झलारी–४ फुलेलीकी आइती ठगुन्नाले आत्महत्या गरेपछि उनकी बालबालिकाको बिचल्ली भएको छ । गरिबीका कारण धन कमाउनका लागि भारततर्फ लागेका श्रीमान दुई वर्ष बितिसक्दासमेत घरमा नफर्केपछि लुगाकपडा, खाद्यान्नको जोहो गर्न नसक्दा ठगुन्नाले बिषादी सेवन गरी आत्महत्या गरेकी हुन् । स्थानीय लालबहादुर महराका अनुसार उनीसंग घर बासबाहेक अन्य कमाइ गर्ने साधन थिएन, भारतमा गएका श्रीमानले घरमा खर्च नपठाएको र घर नफर्केका कारण खान लगाउनका लागि समस्या भएकाले उनले आत्महत्या गरेको हुनसक्छ ।
    आत्महत्या गरेकी ठगुन्नाका दुई वर्षदेखि आठ वर्षका तीन सन्तान रहेका छन् । आत्महत्यापछि उनका बालबालिकालाई अहिले छिमेकीले शरण दिइराखेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक विसन सि धानुकले बताए ।
 

No comments:

Post a Comment