सुर्खेतपत्र संवाददाता
सुर्खेत, १८ माघ ।
भेरी साहित्य समाज शाखा सुर्खेतको आयोजनामा बिहीबार सुर्खेतमा नेपाली वर्णविन्यासमा देखिएको वर्तमान अन्यौलता विषयक अन्तरक्रियात्मक सङ्गोष्ठी कार्यक्रम गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार महेन्द्र प्रसाद गिरी, सहप्राध्यापक डा.जीवेन्द्रदेव गिरीले भाषामा देखा परेका विभिन्न कठिनाईहरुको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्राज्ञ सभा सदस्य डा. दिपक गौतम, सुर्खेत क्याम्पस (शिक्षा) का क्याम्पस प्रमुख डा. महेन्द्रकुमार मल्ल, कलाकार गंगाबहादुर के.सी., वरिष्ठ साहित्यकार लीलाधर गौतम लगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा साहित्यकारद्वय डा. जीवेन्द्रदेव गिरी र डा. महेन्द्रकुमार मल्ललाई साहित्यमा योगदान गरेवापत भेरी साहित्य समाजले सम्मान गरेको छ । कार्यक्रम थानेश्वर लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो । भेरी साहित्य समाज शाखा सुर्खेतको आयोजनामा बिहीबार सुर्खेतमा नेपाली वर्णविन्यासमा देखिएको वर्तमान अन्यौलता विषयक अन्तरक्रियात्मक सङ्गोष्ठी कार्यक्रम गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार महेन्द्र प्रसाद गिरी, सहप्राध्यापक डा.जीवेन्द्रदेव गिरीले भाषामा देखा परेका विभिन्न कठिनाईहरुको बारेमा प्रकाश पारेका थिए ।
No comments:
Post a Comment