पत्रकार डेकेन्द्र हत्या प्रकरण
सुर्खेतपत्र संवाददाता
दैलेख, १८ माघ ।
पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तको वयान विहीवारबाट सुरु भएको छ । जिल्ला अदालत दैलेखले बुधवार पाँचै अभियुक्तको बयान लिई सकपछि थुनछेकको बहस सुरु भएको हो । वादी र प्रतिवादी दुवै पक्षका वकिलले विहीवार दिनभर वहस भएको र समय अभावका कारण रोकिएको स्रेस्तेदार आनन्दराज पन्तले बताए । वादीहरुको वहस सकिएकाले प्रतिवादी तर्फबाट वहस गर्ने क्रममा समय सकिएकाले वहस रोकिएको हो ।
शुक्रवार प्रतिवादी पक्षका वकिलको वहस सुनेर जिल्ला न्यायाधीशले थुनछेक आदेश दिने बताइएको छ ।फरार रहेका कट्टिका बमबहादुर खड्क ‘मुक्ति’ छिउडीपुसाकोट वमबहादुर खड्का ‘अरुण’, केशबहादुर खड्का र भक्तिमान लामिछानेको हकमा वारेन्ट तथा म्यादी पुर्जीसमेत आदेश हुन सक्ने जिल्ला अदालतका श्रेस्तेदार अधिकृत आनन्दराज पन्तले बताए । अभियुक्तहरु लक्षीराम घर्ती, हरिलाल पुन, वीरबहादुर केसी, निरकबहादुर घर्तीमगर र जयबहादुर शाहीको बयान सकिएको छ ।
यसैवीच दुवै पक्षका वकिलले वकालतनामा गरेका छन । वादीतर्फबाट अभिवक्ता कृष्णबहादुर हमाल, सुरेन्द्र अधिकारी, ललित मल्ल र प्रतिवादीका तर्फबाट गोपाल शिवाकोटी चिन्तन र केदार गुरागाईले वकालतनामा दर्ता गरेका छन् । प्रतिवादी वकिल दुवै जिल्ला वाहिरका हुन् । नौ जना विरुद्ध मुलुकी ऐन दफा १३ (३) बमोजिम सर्वश्वसहित जन्मकैद माग गरिएको छ । यसका लागि प्रहरीले ६८ वटा विभिन्न प्रमाण जुटाएको छ ।

No comments:
Post a Comment