सुर्खेतपत्र संवाददाता
कञ्चनपुर, १८ माघ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतीय नम्बर प्लेटका मोटरसाइकल चढ्नेमाथि कडा निगरानी राख्न थालेको छ । आपराधिक क्रियाकलापमा भारतीय नम्बर प्लेटका मोटरसाइकलको अत्यधिक प्रयोग भएको पाइएपछि प्रहरीले भारतीय नम्बर प्लेटका मोटरसाइकल चढ्नेमाथि कडा निगरानी राख्न थालेको हो ।
प्रहरी कार्यालयले विशेष सुरक्षा कार्यक्रमलाई निरन्तरता दिंदै भारतीय नम्बर प्लेटका मोटरसाइकल चढ्नेमाथि निगरानी राख्न थालिएको र शंकास्पद व्यक्तिहरूलाई निगरानीमा राखी कडा जाँच गर्न थालेको प्रहरी नायब निरीक्षक बिर्खबहादुर रावलले बताए । लुटपाट, हातहतियार र चोरीलगायतका घटनाहरूमा आपराधीहरूले भारतीय नम्वरका मोटरसाइकलहरूको प्रयोग गर्न थालेपछि निगरानी बढाइएको उनले बताए ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतीय नम्बर प्लेटका मोटरसाइकल चढ्नेमाथि कडा निगरानी राख्न थालेको छ । आपराधिक क्रियाकलापमा भारतीय नम्बर प्लेटका मोटरसाइकलको अत्यधिक प्रयोग भएको पाइएपछि प्रहरीले भारतीय नम्बर प्लेटका मोटरसाइकल चढ्नेमाथि कडा निगरानी राख्न थालेको हो ।
No comments:
Post a Comment