विश्वविद्यालयद्वारा ताला खोल्न अपिल

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १८ माघ ।
    मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले गत पुस २ गते केन्द्रीय कार्यालय र पुस १९ गते ललितपुरस्थित सम्पर्क कार्यालयमा लगाइएको ताला हालसम्म पनि नखोलिएको ले ती तालाहरु खोल्न अपिल गरेको छ । विश्वविद्यालयले विहीवार एक अपिल जारी गरी हालसम्म ताला नखोल्दा विश्वविद्यालयको प्रशासनिक कार्य र भर्खर संचालन भएका कक्षाहरु प्रभावित भएकोले अविलम्व ताला खोल्न माग गरेको हो ।
    विद्यार्थीहरुकै मागका आधारमा ६० प्रतिशतसम्म शुल्क घटाइएको, नियुक्त गरिएका कर्मचारीहरुलाई एक महिनाभित्र विज्ञापन गरी योग्यलाई मात्रै नियमित गर्ने, काठमाडौंमा रहेको सम्पर्क कार्यालयको आकार घटाउँदै लगिएको, तयार पारिएका पाठ्यक्रमहरु अध्यापन प्रारम्भ भइ सकेकोले सार्वजनिक गर्न नपर्ने, एकेडेमिक डाइरेक्टरहरुलाई क्याम्पस समायोजनपछि उपुक्त स्थानमा व्यवस्थापन गर्ने, अन्य विश्व विद्यालय सरह छात्रवृत्ति तथा नि:शुल्क बृत्ति प्रदान गर्नेलगायतका कामहरु भइरहँदा विद्यार्थी संगठनहरुले तालावन्दी गरेर अफठ्यारो पारेकोले ताला खोल्न अपिलमार्फत आग्रह गरिएको छ । साथै विद्यार्थी संगठनहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिनपनि माग गरिएको छ । 

No comments:

Post a Comment