हात मिलाउने होइन नमस्ते गर्ने

    हिन्दु धर्म तथा संस्कृतिमा हात जोडेर नमस्ते गर्ने र निहुरिएर साष्टा· दण्डवत गर्ने परम्परा रहेको छ । तर आजभोलि मानिसहरु हात मिलाएर अभिभादन गर्दछन् र नमस्ते गर्ने प्रचलन कम हुँदै गएको छ । तर हिन्दु धर्म तथा संस्कृतिमा नमस्ते गर्ने प्रचलन त्यसै चलाइएको भने होइन, यसका विषेश कारण र फाइदाहरु छन्, त्यसैगरी हात मिलाउनुका वेफाइदा पनि रहेका छन् ।
    नमस्ते गर्दा कसैलाई नछोइकनै अभिवादनको प्रक्रिया पूरा हुन्छ, यसबाट सरुवा रोगहरु सर्ने सम्भावना पनि कम हुन्छ, तर हात मिलाउँदा अन्य व्यक्तिसंग जोडिनुपर्ने हुन्छ । हिन्दु धर्मशास्त्रमा नमस्ते गर्नुका अन्य कारणहरु बताइएको छ, जस्तै नमस्ते गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका सातै चैतन्य प्राप्त हुन्छ । नमस्ते गर्दा स्वयं भगवान परमात्मा समेत खुसी हुने शास्त्रमा उल्लेख छ । नमस्ते गर्दा शरीरमा आध्यात्मको समेत विकास हुन्छ । हता मिलाउँदा हाम्रो शरीरको ऊर्जा परिमण्डलमा अन्य व्यक्तिको ऊर्जाले घुसपैठ गर्ने मौका पाउँदछ । हात मिलाउँदा दुई शरीरिका ऊर्जाहरु टकराउँछन् जसको असर शरीरमा मात्र होइन मस्तिष्कमा समेत पर्दछ । हिन्दु धर्म र संस्कृतिमा स्त्रीसंग स्पर्श गर्न पनि वर्जित गरिएको छ, यसको सिधा कारण पनि विद्युतीय तरंग नखलबलियोस भनेर हो । त्यसैले अभिवादन गर्ने उचित माध्यम नमस्ते नै हो । (एजेन्सीहरुबाट)
 

No comments:

Post a Comment