कुकुरद्वारा मान्छे माथि गोली प्रहार

        कुकुरले टोक्ने गरेको त हामीले सुन्ने गरेकै हो र कुकुरले गोली नै प्रहार गर्‍यो भन्दा धेरैलाई विश्वास नहुन सक्दछ तर अमेरिकाको फ्लोरिडा भने यस्तै अविश्वसनीय घट्ना घटेको छ । ३५ वर्षीय जर्जडेल क्यानियर माथि उनको आफ्नै कुकुरले गोली प्रहार गर्‍यो । गोली उनको खुट्टामा लागेको थियो ।
    जर्ज एउटा पिकअप ट्रकम चलाउन लाग्दा भुइम रहेको ९ एमएमको बरेटा ह्याण्डगनमा उनको कुकुरले लात्ताले हानेपछि गोली गएर उनको खुट्टामा लागेको थियो । भुइमा ‘गन’ उनले नै राखेका थिए तर उनी ‘गन’मा गोली नभएको विश्वासमा थिए । गोली लागे लगतै कुकुर ट्रकमाथी जाइलागेको थियो । जर्जलाई फ्लोरिडा अस्पतालमा भर्ना गरिएको भएपनि उनको चोट भने गम्भीर छैन । प्रहरीले भने यसलाई दुर्घटना भनेको छ ।
 

No comments:

Post a Comment