सुकुम्वासीद्वारा आन्दोलनको चेतावनी

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १ बैशाख ।
    भेरी सामुदायिक वन अतिक्रमण गरी वसोवास गर्दै आएका लाटिकोइली–१ भाङघारीका सुकुम्वासीहरुले क्षतिपूर्तिको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । भेरी सामुदायिक वन र जिल्ला वन कार्यालय सुर्खेतले अतिक्रमण गरी वसेका सुकुम्वासीहरुलाई हटाउँदा करिव १९ लाख ४७ हजार बराबरको क्षति भएको भन्दै आन्दोलन गर्ने जनाएका हुन् ।
    उठाइएका २६ बालबालिका, २८ महिलासमेत ६३ जनाको सुरक्षित बास, शान्तिपूर्वक बाँच्न र खान पाउने संवैधानिक अधिकार हनन् भएको सुकुम्वासीहरुले प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । थोरै जमीनमा खेती र वस्तीसंगै भएको झुप्रा खोलाको गिट्टी वालुवा बनाइ जीविका चलाएको देखेर नसहने तत्वलाई सत्यता प्रमाणित गर्न चुनौती समेत उनीहरुले दिएका छन् ।
    ७ दिन भित्र जलेका घरको पुनर्निमार्ण र भएका सामानको क्षतिपूर्ति उपलब्ध नगराए भेरी सामुदायिक उपभोक्ता समितिका पदाधिकारीको घरमा वसोवास गर्ने उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ददिराम चुनारा, नन्दबहादुर सुनार, नन्दबहादुर चुनारा, वीरबहादुर सुनार, कमल सुनार, चन्द्रबहादुर कामीलगायत ११ जनाको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा क्षतिपूर्ति ७ दिनभित्र उपलब्ध गराउन माग गरिएको उल्लेख छ । 
 

No comments:

Post a Comment