रानी मुखर्जी र आदित्य चोपडाले विवाह गरेका छन् । यशराज फिल्म्स ले यो कुराको पुष्टि गरेको छ । यशराज फिल्म्सको तर्फबाट दुुबैले सोमबार राती इटालीमा विवाह गरेको जानकारी दिएको छ । निकै समय पहिलेदेखि रानी र आदित्यको सम्बन्धको बारेमा कुराकानी चलिरहेको थियो तर उनीहरुको विवाह कहिले हुने भन्ने कुराको कुनै खबर बाहिर निस्किएको थिएन । रानी मुखर्जीले विवाहको पुष्टि गर्दै भनिन्, ‘म आफ्नो जिन्दगीको सबैभन्दा खुसीको पल मेरा साथीहरुसंग बाँड्न चाहन्छु ।
ती साथीहरु जसले मलाई यति लामो समयसम्म साथ दिए । यो दिनको लागि मेरा शुुभचिन्तकहरुले लामो समयदेखि कुरिरहेका थिए । इटालीको सानो सहरमा मैले विवाह गरें । मेरो लागि त्यो दिन निकै प्रिय थियो जहाँ हाम्रो परिवारका केही सदस्य र साथीहरुको उपस्थिति थियो ।’ रानीले आफ्नो विवाहमा सबैभन्दा बढी यश चोपडालाई सम्झेको बताउँछिन् ।
उनका अनुसार, ‘यो मौकामा मैले यश अंकललाई बढी मिस गरें तर यो खुशीको क्षणमा पनि उनी हाम्रो साथमा नै थिए र उनको आशीरवाद मेरो र आदिको साथमा सधैं रहिरहनेछ । म सधैं परीहरुको कहानीमा विश्वास गर्दै आएको छु र यो मौका मेरो लागि त्यस्तै थियो । अब म जीवनको सबैभन्दा महत्वपूर्ण अध्ययायमा कदम राख्दै छु । परीहरुको कहानी अझपनि जारी छ ।’

No comments:
Post a Comment