सुर्खेतपत्र संवाददाता
सुर्खेत, ११ बैशाख ।
सुर्खेतमा पहिलो पटक छैठौं क्षेत्रीय राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता सुरु भएको छ । मप क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति सुर्खेतको संयोजनमा विहीवारदेखि प्रतियोगिता सुरु भएको हो । यस अघिका ५ वटा क्षेत्रीय प्रतियोगिताहरु नेपालगन्जमा भइरहेको र छैठौं प्रतियोगिता पहिलो पटक सुर्खेतमा गरिएको छ ।
भौतिक पूर्वाधारहरुको अभाव भएपनि छैठौं क्षेत्रीय प्रतियोगिता आयोजना गर्न जिल्ला खेलकुद विकास समिति सुर्खेतले प्रस्ताव गरेको थियो । समितिका अध्यक्ष डिल्ली सुवेदीले नेपालगन्ज बाहेक मध्यपश्चिम का अन्य स्थानहरुमा खेलकुदको पूर्वाधारहरु नभएकोले अभावहरु दर्शाउन सुर्खेतमा क्षेत्रीय प्रतियोगिताको आयोजना गरिएको बताए । खेल र खेलाडीहरुको हौसला बढाउन राज्यले पर्याप्त लगानी गर्न नसकेको बताउँदै उनले पूर्वाधारहरु निर्माण गर्न पनि आग्रह गरे ।
खेलाडीहरु गहना हुन् भन्ने परिभाषा बदल्न् आव्हान गर्दै उनले भने, ‘खेलाडीहरु जति बेला लगाउन, फाल्न मिल्ने गहना होइनन्, देश बनाउने शक्ति हुन् ।’
प्रतियोगिताको उद्घाटन सभासद सीता नेपालीले गरिन् । उनले राष्ट्रलाई चिनाउने माध्यम खेल र खेलाडी भएकोले राज्यले नीति निर्माणमा कन्जुस्याईं गरेको बताइन् । उनले खेलकुदको माध्यमबाट देश विकास गर्न सम्भव हुने भएकोले खेलाडीहरु गहनामात्र नभइ राष्ट्र निर्माणको शक्ति भएको उल्लेख गरिन् । उनले आगामी दिनमा राज्यले खेलकुद र खेलाडीका लागि पर्याप्तमात्रामा बजेट छुट्याउनुपर्ने माग राखिन् । छात्र/छात्रा भलिवल, एथलेटिक्स, कराँते, तेक्वान्दो र ऊसु गरी ५ वटा खेलमा मध्यपश्चिम क्षेत्रका मुगु र हुम्लाबाहेक अन्य १३ वटा जिल्लाका ६ सय बढी खेलाडी, प्रशिक्षक र अफिसियलहरुको उपस्थिति छ । शनिवारसम्म संचालन हुने प्रतियोगिता बाट छनौट ८१ जना खेलाडीहरु यही बैशाख १५ देखि १८ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
मप क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अक्कल बहादुर वमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा निमित्त क्षेत्रीय प्रशासक केशवराज रेग्मी, सहायक जिल्ला अधिकारी जगत बस्नेत, कांग्रेस सुर्खेतका सचिव टेकबहादुर सिंह, एमालेका कविन्द्र केसी लगायत को उपस्थिति थियो । उद्घाटन पश्चात भलिवललगायतका खेलहरु गरिएको संचालन गरिएको थियो । १५ जिल्लाका खेलाडी सहभागी हुने भनिएपनि हिमाली जिल्ला मुगु र हुम्लाबाट खेलाडीहरुको सहभागिता हुन सकेको छैन ।

No comments:
Post a Comment