सुर्खेतपत्र संवाददाता
सुर्खेत, १४ बैशाख ।
सुर्खेतमा भइरहने अनियमित लोडसेडिङ विरुद्ध इलेक्ट्रोनिक्स व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । लोडसेडि· तालिका भन्दा पनि अन्य समयमा बारम्बार पटके विद्युत अवरुद्ध हुँदा व्यवसाय नै धरासायी भएको भन्दै उनीहरु संघर्षमा उत्रिएका हुन् ।
आइतवार सुर्खेत उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष प्रकाश अधिकारी, इलोक्ट्रोनिक्स बस्तुगत समितिका अध्यक्ष सिंहराज बम लगायतको टोलीले विद्युत प्राधिकरणमा पुगेर प्रमुखलाई ध्यानाकर्षण गराएको छ । टोलीले पटके लोडसेडिङले काम गर्न नदिएको, कम भोल्टेज र बढी भोल्टेजले विद्युतीय उपकरणहरु क्षतिग्रस्त बनाएकोले पटके लोडसेडिङ नगर्न माग गरेको थियो ।
बाणिज्य उपाध्यक्ष अधिकारीले पटके लोडसेडिङले व्यवसायहरु धरासायी भएको बताए । उनले प्राधिकरण गैरजिम्मेवार हुँदा पटके लोडसेडिङ बढेको दावी गरे । बस्तुगत समितिका अध्यक्ष बमले इलेक्ट्रोनिक्स पसलहरु दैनिक लाखौं क्षति भइरहेको बताउँदै अनियमित लोडसेडिङ नगर्न सुझाव दिए ।
यता विद्युत प्राधिकरण सुर्खेतका प्रमुखसुरेशप्रसाद सिंहले पटके लोडसेडिङ सुर्खेतबाट नहुने र कोहलपुर वा टनकपुरबाटै हुने भन्दै पन्छिए । उनले मंगलवारसम्म यसको समाधान निकाल्न समय माग गरेका छन् ।
बस्तुगत समितिका अध्यक्ष बमले मंगलवारसम्म पटके लोडसेडिङको समाधान ननिस्किए बुधवारबाट तालावन्दीलगायतका कडा आन्दोलन गरिने जानकारी दिए । अनियमित लोडसेडिङ विरुद्ध व्यसायीहरु आक्रोशित छन् ।

No comments:
Post a Comment