सुर्खेतपत्र संवाददाता
सुर्खेत, १४ बैशाख ।
सुर्खेतस्थित रेडियो भेरी एफएम आइतवारदेखि ११ औं बर्षमा प्रवेश गरेको छ । २०६१ बैशाख १४ गतेदेखि सुरु भएको रेडियोले आइतवार १० औं बर्ष पूरा गरी ११ औं बर्षमा प्रवेश गरेको हो ।
एफएमले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले एफएमलाई साहसी रेडियोको उपमा दिएका छन् । विषम परिस्थितिमा स्थापना भएको एफएमले लोकतन्त्र स्थापनाका लागि निकै चुनौती खेपेको र त्यो सामना गरेकोले साहसी रेडियोको उपमा दिइएको हो । सभासद ह्दयराम थानीले निकै साहसका साथ शाही शासनका विरुद्ध र लोकतन्त्रका पक्षमा भूमिका खेलेर साहसी रेडियो बनेको दावी गरे । उनले एफएम स्थापना देखि नै जनताको पक्षमा रहेकोले आगामी दिनमा पनि आवाजविहीनहरुको आवाजको रुपमा रहन सुझाव दिए ।
नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति डम्बरविक्रम जिसीले संचार माध्यमहरु समय सापेक्ष संचालन हुनुपर्ने बताए । उनले लोकतन्त्र स्थापनामा सो एफएमले सघाएको उल्लेख गरे । कांग्रेसका क्षेत्रीय सभापति कमलराज रेग्मीले लोकतान्त्रिक आन्दोलनको नेतृत्व रेडियो भेरीले गरेको बताउँदै अहिलेसम्म आइपुग्नुमा सवैको योगदान बराबर रहेको जिकिर गरे ।
रेडियो भेरीका अध्यक्ष नारायण कुमार कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रका निमित्त प्रमुख नरेशसिंह थापा, बुलबुले संचार केन्द्रका अध्यक्ष मोहन बडुवाल, स्वास्थ्यकर्मी संघका उपाध्यक्ष उदय थापा, भेरी बहुद्देश्यीय सहकारीका कोषाध्यक्ष विष्णु थानी, वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी, काँक्रेविहार दैनिकका प्रवन्धक सुशील शर्मा, सुर्खेतपत्र दैनिकका सम्पादक ललित बसेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
गणेशकुमार कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत दिपा कोइरालाले गरेकी थिइन् ।

No comments:
Post a Comment