पुरुषलाई पनि प्रसव पीडा !

    भनिन्छ प्रसव पीडा एउटा मात्र यस्तो पीडा हो जसलाई चाहेर पनि पुरुषले ग्रहण गर्न सक्दैनन् किनभने बच्चालाई जन्म दिने प्राकृतिक गुण महिलामा मात्र रहेको हुन्छ । तर अब पुरुषले पनि यस्तो पीडा थाहा पाउन सक्नेछन् । एउटा विषेश यन्त्रको प्रयोग गरेर पुरुषहरुलाई प्रसव पीडाको आभाष गराइएको छ । चीनको जियाटिज प्रान्तको नार्चाङ्ग शहरमा अवस्थित एक स्थानिय टिभी स्टेशनका २० जना पुरुषहरुलाई यो पीडा थाहा पाउने मौका दिइएको थियो तर यसलाई उनीहरुले ३० सेकेन्डसम्म पनि सहन सकेनन् ।
    उक्त टेलिभिजन सोको मुख्य उद्देश्य ती पुरुषहरुलाई बच्चा जन्माउँदा महिलाले कति पीडा सहन्छिन् भन्ने कुराको ज्ञान दिलाउनु थियो । उक्त कार्यक्रममा पीडाको १० वटा तह राखिएको थियो, ५ सय देखि ५ हजारसम्मको । प्रसव पीडा दिनका लागि ती पुरुषहरुको पेटमा विद्युतीय तर· फ्याँकिएको थियो । पीडा दिनथालेको केही सेकेन्डभित्रै उनीहरु चिच्याएका र पीडा हटाउन आग्रह गरेका थिए ।
    ब्रिटिश गायक इयान इंग्लिस, ३१, ती पुरुषहरुमध्येका एक हुन् । उनलाई पीडा दिन सुरु गरिएको केही सेकेन्डमा नै सक्दिनँ भनेका थिए । उनले १०० को पीडा हुँदा नै पीडालाई रोक्न लगाएका थिए । उनी भन्छन्, ‘मेरो लागि यो पीडा सहनै नसकिने भयो । पीडा निकै भयानक थियो ।’ ली हाओ, अर्का एक पुरुष भन्छन्, ‘यो पीडा सहनै नसकिने पीडा रहेछ ।
    मैले अहिले थाहा पाएँ कि बच्चा जन्माउँदा मेरी श्रीमतीले किन औषधि मागेकी थिइन् ।’ झाउ नान मात्र यस्ता एक पुरुष थिए जसले त्यो पीडालाई ५०० सम्म सहन सकेका थिए । ‘म तीनजना छोराछोरीको बाबु हुँ र मेरी श्रीमतीलाई कस्तो पीडा भएको थियो भन्ने कुरा जान्न चाहन्थें ।’ उनी भन्छन्, ‘पीडा निकै डरलाग्दो थियो । यो पीडा के हो भन्ने थाहा पाइसकेपछि म संसारका सबै आमाहरुको हृदयदेखि आदर गर्न चाहन्छु ।’ यो कार्यक्रमका संयोजकका अनुसार यसले आमाहरु कति महान हुन्छन् भन्ने कुराको ज्ञान दिलाउन मद्दत गर्दछ ।
 

No comments:

Post a Comment