पती–पत्नीको बेडरुमको सजावट कस्तो ?

    अहिले विवाहको मौसम चलिरहेको छ । धेरैजनाले आफ्नो लगनगाँठो कसिसक्नुभयो होला र कसैले यसको सोच बनाउँदै हुनुहुन्छ होला । विवाह गर्दा तपाईंले थुप्रै कुराको याद गर्नुपर्ने हुन्छ । खासगरि पति पत्नीको जीवनामा बेडरुमको निकै महत्वपूर्ण भूमिका हुन्छ । बेडरुममा राती सुत्ने समयदेखि उठ्ने समयसम्म यसले पति–पत्नी बीच घनिष्टता पनि बढाउन सक्छ भने सम्बन्धमा चिसोपन पनि ल्याइदिन सक्छ । यसैमा कुनैपनि प्रकारको विपरित परिस्थितिबाट बच्नका लागि वास्तुले बताएको कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ ।
    यदि पति पत्नीको बीच आपसी तालमेल राम्रो छ र कोठाको कुनै वस्तुमा दोष छभने वैवाहिक जीवन मा पूर्णसन्तुष्टि मिल्दैन । पति–पत्नीको जीवनमा सानो सानो कुराले पनि निकै ठूलो भूमिका खेलेको हुन्छ । घरमा राखेको हरेक सानो र सामान्य वस्तुको असर वैवाहिक जीवन पर्ने गर्दछ । सुत्ने कोठामा यदि कुनै गलत वस्तुहरु राखिएको छभने यसको असर निकै द्रुत गतिमा पति–पत्नीको सम्बन्धमा पर्ने गर्दछ । पति–पत्नीको जीवन सुखी र प्रेमपूर्ण होस् भन्ने उद्देश्यले यहाँ केही टिप्स दिइएका छन् । यी कुराहरुलाई अपनाउनु भएको खण्डमा तपाईंको जीवनमा खुशी र सम्पन्नता छाउनेछ ।
बेडरुममा ऐना छभने वैवाहिक जीवनमा कस्तो असर पर्छ ?
    सुत्ने बेलामा पति–पत्नीको प्रतिबिम्ब ऐनामा देखिएको खण्डमा उनीहरुको जीवनमा धेरै प्रकारको तनावहरु पैदा हुन्छ । यस्तो ऐनाको प्रभावले दुबैका बीच निकै झगडा हुने गर्दछ । वास्तुको अनुसार यस्ता तनावका कारण पति–पत्नी शान्ति खोज्न घरभन्दा बाहिर जाने गर्दछन् र उनीहरुका बीच कुनै अन्य व्यक्तिको प्रवेशको सम्भावना बढ्ने गर्दछ ।
बेडरुममा ऐना छभने यो उपाय गर्नुहोस्:
    कुनैपनि बेडरुममा यदि कुनै ऐना छभने सुत्ने बेलामा यसलाई कुनै कपडाले छोप्नुहोस् । बेडरुमको कुनै पनि ठाउँमा अस्पष्ट, टुटेको र चुक्केको सिसाहरु राख्न सख्त मनाही छ । यसले पनि सम्बन्धमा चिसोपन निम्त्याउने गर्दछ ।
सुत्नेबेला ध्यानमा राख्नुहोस् यी कुरा:
    सुत्ने बेलामा पति–पत्नीको टाउको पूर्व दिशामा हुनुपर्छभने खुट्टा पश्चिम दिशामा हुनु जरुरी छ । यदि यो दिशामा सुत्न सम्भव नभएको खण्डमा टाउकोलाई दक्षिण र खुट्टालाई उत्तर दिशापट्टि राखेर सुत्न सक्नुहुन्छ ।
यो दिशामा बेडरुम राखेमा फाइदाजनक:
    यदि बेडरुम घरको दक्षिण–पश्चिम अथवा उत्तर–पश्चिम दिशामा भएको खण्डमा पति–पत्नी बीचको सम्बन्ध राम्रो हुन्छ । यो कुरा याद राख्नुहोस् कि उत्तर–पूर्वदिशा देवताहरुको स्थान हुने गर्दछ त्यसकारण यो दिशामा राखिएको बेडरुमले शुभ फल प्रदान गर्दैन । यस्तो कोठामा सुत्नाले धनमा कमी हुने गर्दछ र कार्यमा बारम्बार असफल हुने गर्दछ । जुन मानिसहरुको बेडरुम गलत दिशामा छ उनीहरुले कोठामा हाँसको जोडीको फोटो लगाउनुहोस् । यस्तै कोठामा राधा–कृष्णको प्रेममय फोटोहरु लगाउनाले पनि वास्तु दोष नष्ट हुने गर्दछ । बेडरुममा राधाकृष्णको अतिरिक्त अरु कुनै देवी–देवताहरुको फोटो राख्नबाट बच्नुहोस् ।
माछाको जोडीपनि राख्नुहोस्:
    बेडरुममा माछाको जोडी राख्नु पनि निकै लाभदायक हुन्छ । यसबाट सकारात्मक ऊर्जा उत्पन्न हुने गर्दछ, जसले गर्दा पति–पत्नीबीचको आकर्षण बढ्ने गर्दछ ।
यस्तो बेडरुममा मिल्छ शक्ति:
    जो मानिसहरुको बेडरुम घरको दक्षिण–पश्चिम दिशामा छभने उनीहरुले कठिन परिस्थित पनि सजिलै पार गर्नसक्छन् । यस्ता बेडरुम भएका मानिसहरु आफ्नो हिम्मतद्वारा पारिवारिक विवादबाट मुक्त हुने गर्दछन् ।
वैवाहिक सम्बन्धका लागि अशुभ हुन्छ यस्तो बेडरुम:
    यदि बेडरुम दक्षिण–पूर्वी दिशामा छभने यसले वैवाहिक सम्बन्धका लागि शुभ मानिएको हुँदैन । यस्तो कोठामा सुत्नाले थुप्रै प्रकारको तनावहरु पैदा गर्दछ ।
पलंगको मुनि क्रिष्टल राख्नुहोस्:
    वैवाहिक सम्बन्धमा मधुरता ल्याउनका लागि यो उपाय गर्नुहोस् । पलंगमा जहाँ तपाईं आफ्नो खुट्टा राख्नुहुन्छ त्यसको तल क्रिष्टल बल राख्नुहोस् ।
कोठामा यस्तो चिजहरु नराख्नुस्:
    आफ्नो पलंगको ठिक माथिको छतमा बीमलाई नपार्नुहोस् । यदि यस्तो छभने बीमलाई त परिवर्तन गर्न सक्नुहुन्न, पलङको स्थानलाई बदल्नुहोस् ।
दराज कहाँ राख्ने:
    यदि बेडरुममा दराज छभने त्यसलाई शयनकक्षको उत्तर–पश्चिम वा दक्षिण दिशामा राख्नुहोस् ।
बेडरुमको कुन ठाउँमा राख्ने अन्य सामानहरु:
    बेडरुममा इलेक्ट्रोनिक सामानहरु लाई दक्षिण–पूर्वकुनामा राख्नाले शुभ मानिन्छ । ड्रेसिङ टेबललाई पूर्व वा उत्तर दिशामा राख्नुपर्ने हुन्छ । यदि शयनकक्षमा तपाईं लेख्ने पढ्ने काम गर्नहुन्छ भने यसको लागि पूर्वलाई शुभ दिशा मानिएको छ । पूर्वदिशामा मुख फर्काएर पढ्नाले सबैभन्दा राम्रो हुने बताइएको छ ।
धन कहाँ राख्ने:
    जो मानिसहरु बेडरुममा धन राख्दछन् उनीहरुले यसलाई शयनकक्षको उत्तर दिशामा राख्दा राम्रो हुन्छ ।
शयन कक्ष सजाएर राख्नुहोस्:
    बेडरुममा पति–पत्नीको प्रतिक स्वरुप दुई सुन्दर गमला राख्नुहोस् । शयनकक्षलाई जहिले सजाएर राख्नुहोस् । बेडरुमको कुनैपनि वस्तुमा धुलो लाग्न नदिनुहोस् ।
 

No comments:

Post a Comment