ऐश्वर्याले धेरै युवाहरुलाई बबार्द बनाइन् !

    ऐश्वर्या राय बच्चन विश्व सुन्दरी हुन् । उनलाई चाहनेहरु देशदेखि विदेशसम्म रहेका छन् । अर्कातिर यिनै विश्वसुन्दरीको माया पाउन बर्बाद भएका युवाका संख्या पनि दिनका दिन बढ्दै गइरहेको छ । अहिलेसम्म त यति सुनिएको थियो, उनको मायामा सलमान खान र विवेक ओवरायमात्र बर्बाद भएका थिए । तर, भर्खरै श्रीलंकाका एक नागरिक निरोशन ने नयाँ कुरा खुलासा गर्दै ऐश्वर्याको विहे भएको समयमा आफूसंग ऐश्वर्याले प्रेमसम्बन्ध राखेको दाबी गरेका छन् । ऐश्वर्या रायले आफूलाई बर्बाद गरेको बताउँदै उनकै कारण आफू अहिले मानसिक रोगको शिकार भएको पनि बताएका छन् ।
    अहिले उनी आफूले लगाएको आरोपबारे बच्चन परिवारको प्रतिक्रियाको पर्खाइमा छन् । ऐश्वर्यामाथि लगाएको यस आरोपबारे मानिसले केही फरक प्रतिक्रिया दिएका छन् । ऐश्वर्याका फ्यान भने यस कुरालाई मान्न इन्कार गरिरहेका छन् । ऐश्वर्या राय पनि फ्यानले जस्तै यो कुरालाई नकार्नसक्छिन् । फ्यानले त ऐश्वर्याको बदनाम गर्नका लागि केही मानिसले यस्ता कुरा गरिरहेको बताइरहेका छन् । अर्कातिर अन्य मानिसको भने फरक धारणा छ ।
    उनीहरुले ऐश्वर्या रायले देशमा मात्र होइन विदेशका मानिसलाई समेत बर्बाद गरेको आरोप लगाएका छन् । दिल्ली निवासी एकजना युवा अंकुर भन्छन्, ‘ऐश्वर्या रायले देशदेखि विदेशसम्मका मानिसलाई आफ्नो मायामा पारेर बर्बाद गरेकी छन् । अहिलेसम्म त सुपरस्टार सलमान खान र विवेक ओबरायबारेमात्र थाहा थियो, अब त श्रीलंकाबाट पनि बर्बाद भएको खबर आउन थालेकोछ ।’ सोना मिश्रा ऐश्वर्याकी फ्यान हुन्, उनलाई माया गर्ने उनको भनाइ यस्तो छ, ‘ऐश्वर्या राय विश्वसुन्दरी हुन्, उनलाई चाहने देशदेखि विदेशसम्म छन्, जसलाई चाहने यति धेरै भएको अवस्थामा यस्ता खबर त आइ नै रहन्छन्, तर यी खबरमा प्राय: सत्यता हुँदैन ।’
    मुम्बईमा बस्दै आएकी ऐश्वर्या रायकी ठूली फ्यान सपना भन्छिन्, ‘ऐश्वर्या रायलाई लिएर यसखालका कुरा गर्नुको पछाडि केही न केही कारण छ, उसले त्यतिकै नाम लिएको छैन, ऐशको साथमा प्रेम चलेका जति खबर छन्, ती सबै झुठा हुन् । ऐशको नाम लिएर केही मानिसले संचारमाध्यममा छाउन खोजेका हुनसक्छन् अथवा स्वार्थ पूरा गर्नखोजेका हुनसक्छन् ।’
 

No comments:

Post a Comment