वाल दिवसमा विभिन्न कार्यक्रम

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ भदौ । (सुस)
राष्ट्रिय वाल दिवसका अवसरमा सुर्खेतका विभिन्न विद्यालयहरुमा विविध कार्यक्रम सम्पन्न गरिएका
छन् । शिव उच्च मावि लाटिकोइलीले निवन्ध लेखन, वक्तृत्वकला, चित्रकला तथा कविता बाचन प्रतियोगिता गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्पना पोख्रेल, समाजसेवी डम्बर जिसी, बुद्धिजीवि बेलप्रसाद शाक्य, ज्ञानेन्द्र केसी, राज बहादुर बुढालगायतले बाल दिवसमा रचनात्मक कार्यक्रम गर्नु प्रसंशनीय भएको बताएका थिए ।
यसैगरी सोही अवसरमा गत बर्षको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रम शिक्ष्ँक अभिभावक संघका अध्यक्ष गणेश केसीको सभापतित्वमा र शिक्ष्ँक खगेन्द्रप्रसाद भट्टराईले संचालन गरेको प्रअ लीलाराम सुवेदीले जनाए ।
यस्तै हृयुरिष्टिक स्कुल एण्ड रिसर्च सेन्टर वीरेन्द्रनगर–११ मा शिक्षा क्याम्पसबाट अभ्यास शिक्ष्ँणमा आएका छात्र शिक्षकहरुले पनि वाल दिवसको अवसरमा  कार्यक्रम गरेका छन् ।
विद्यालयका संस्थापक तथा प्रिन्सिपल गायत्री रानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय क्याप्टेन युवराज पंगाली, भाइस क्याप्टेन सोनिया घर्ती, संचालक शिक्ष्ँक हस्तबहादुर विसी, शिक्षिका जानकी थामी, सहायक प्रिन्सिपल हस्तबहादुर ठाडा, छात्र शिक्ष्ँक पुष्पराज अधिकारी, चिरन्जीवि न्यौपाने, धनबहादुर बुढालगायतको उपस्थिति थियो । त्यसैगरी सोही अवसरमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पारेगाउ रतुले पनि मावि स्तरमा हाजिरीजवाफ र प्रावि स्तरमा कुर्सी र चम्चा दौड प्रतियोगिता गरेको छ । विद्यालयका निमित्त प्रधानाध्यापक महेन्द्र ओलीको सभापतित्वमा भएको कार्यक्रमा शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर खत्रीलगायतको उपस्थिति थियो ।
यस्तै बाल दिवसकै अवसरमा सिद्धपाइला इंग्लिस मिडियम सेकेण्डरी विद्यालयले अन्तर मावि वक्तृत्वकला प्रतियोगिता गरेको छ । विद्यालयका प्रिन्सिपल नैनसिंह खत्रीको सभापतित्वमा भएका कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य बालदीप क“डेल, सुर्खेतका सचिव वेदप्रकाश ढकाललगायतको उपस्थिति थियो । 

No comments:

Post a Comment