चुल्ठेमुन्द्रेविरुद्ध प्रहरीको अभियान

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, २९ भदौ । (सुस)
नेपालगञ्जमा प्रहरीले चुल्ठेमुन्द्र विरुद्ध विशेष अभियान चलाएको
छ ।  सहरमा हातहतियारसहित हिंड्ने, लागूऔषध सेवन गर्ने र चुल्ठे मुन्द्रेहरुलाई पक्राउका लागि विशेष अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय बा“केले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो दुई दिनमा २३ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बा“केका डिएसपी सुशील सिंह राठौरका अनुसार नेपालगन्जको सुर्खेत रोडमा घरेलु हतियार साथमा लिई स्थानियलाई डर त्रास फैलाउने उद्देश्यले हिंडिरहेका नेपालगन्ज–८ का आदित्य श्रेष्ठसहित ६ जनालाई घरेलु हतियार तरवार थान १, सानो खुकुरी थान १ र नक थान १ सहित पक्राउ गरिएको छ ।
गत विहीवार पक्राउ परेका उनीहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यसैगरी शनिबार नेपालगञ्ज नगरपालिका तथा आसपासका गाविसमा गा“जा सेवन गर्ने तथा चुल्ठेमुन्द्रेहरु गरी १७ जनालाई पक्राउ गरि सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको छ । नजिदै आइ रहेको नेपालीहरुको महान चाड वडा दशै र दिपावलीलाई मध्यनजर गर्दै प्रहरी गस्ती पट्रोलिङलाई तिव्र पारिएको प्रहरीको भनाई छ । यस्तै प्रहरीले जुवा खैल्दै गरेका ८ जनालाई पनि पक्राउ गरेको जनाएको छ ।  

No comments:

Post a Comment