१५५ बाढीपीडित परिवारलाई अग्नि र महेन्द्राको सहयोग

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ भदौं ।
अग्नि इनकर्पोरेट र महेन्द्रा मोटरको आधिकारिक डिलर समृद्धि इन्टरप्राइजेजको सहयोगमा लाटिकोइलीका बाढीपीडितलाई राहत वितरण
गरिएको छ । उक्त दुई संस्थाद्वारा उपलब्ध गराइएको राहत सामग्री सामाजसेवी डम्बर जिसी, कमलराज रेग्मी र नारायणकुमार कोइरालाको सहभागितामा पीडितहरुलाई वितरण गरिएको थियो । लाटीकोइलीको तल्लो पर्सेनीमा आइतबार आयोजित कार्यक्रममा १५५ बाढीपीडित परिवारलाई जनही १५ किलो चामल, १ किलो दाल, नुन र तेल वितरण गरिएको छ ।
बाढीपीडितका लागि राहत
विरतण गर्दै समृद्धि इन्टरप्राइजेजका मेनेजिङ डाइरेक्टर दिपक श्रेष्ठले पीडितका लागि थप राहत प्याकेज उपलब्ध गराउने बताएका छन् ।
बाढीपीडितको स्वास्थ्य जा“च
यसैवीच लेखपराजुल स्वास्थ्य चौकीको समन्वयमा आइतवार पैंसठ्ठी, शनिमोर र हटारुखोलामा रहेका १५६ जना बाढीपीडितहरुको स्वास्थ्य जा“च गरिएको छ ।
स्वास्थ्य चौकीको इन्चार्ज चतुर्जुभ गौतम, दोभानचौर युवा क्लवका अध्यक्ष उदयबहादुर थापा लगायतको टोलीले पैसठ्ठीका २८ जना, शनिमोरका ७१ जना, हटारुखोलाका ४३ बाढीपीडितहरुको स्वास्थ्य जा“च
गरिएको हो । अध्यक्ष थापाका अनुसार पीडितहरुमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ ।
 

No comments:

Post a Comment