दैलेखमा दुधको अभाव

सुर्खेतपत्र संवाददाता 
 दैलेख, २८ भदौ ।
पछिल्लो समय दैलेखको बजार मात्र नभइ गाउ“मा समेत दुधको अभाव हुन थालेको छ । लालिका“डा गाविसमा पनि दुध समेत पाइन छोडेको छ । स्थानीयहरु पहिलेको तुलनामा दुध पाउन छोडेपछि चिन्ता व्यक्त गरेका छन् । लालिका“डाका ददे बुढाले पहिले १६÷१७ भैसी लिएर देउराजी जान्थ्यो आजभोली त गाउ“मा ६÷७ वटा भैसीमात्र भएको जानकारी दिए ।
वनजंगल मासियो, गाउ“ले  भैसी पाल्ने छाडेकाले गोरस (दुध) पाइन छोडेको भनाई छ । धेरै दुध दही पाइने भएकोले दैलेख जिल्लाको नाम दहिलेक भएको भनाई रहेको छ । दहिलेक अपभ्रंस हुदै दैलेख रहन गएको किवदन्तीमा उल्लेख गरिएको जिविस सामाजिक अधिकृत दिलबहादुर शाहीले बताए । जिल्लामा कृषकको भैंसी पालनलाई महत्व नदिएकाले इतिहास बोकेको दहिलेक इतिहास मेटिन नदिने जिल्ला विकास समितिको स्थानीय विकास कोषबाट चुप्रा बजारमा दुग्ध केन्द्र संचालन गरेको जानकारी
गराए । गरिवी निवारण कार्यक्रम जिल्ला विकास समिति जिल्ला पशुसेवा कार्यालयको सहयोगमा चिलिमे भ्याट खोलिएको हो ।  
बस्तीमा २७ घरधुरी भएपनि ६÷७ जना मात्र भैसी पाल्ने गरेको ललित विसीले बताए । शान्ति उमाविका शिक्षक खगेन्द्र थापा भने परिवार सदस्य कम भएकाले नै भैसी पाल्न छाडेको प्रतिक्रिया दिए । भैसी गाई गोरु पाल्ने छोडेपछि दुध मात्र
नभएर उत्पादनमा पनि कमी आएको उनले स्वीकारे ।                  

No comments:

Post a Comment