वुढेसकालमा गिट्टीको साहरा 
सुनिता पन्त
सुर्खेत, जेठ ५
दिउस १२ वजे मध्य धुपको समयमा  चिसापानी ५ श्रिनगरका दुइ वुढावुढी पसिना पुच्छै गिट्टि कुटीरहेका हुन्छन् । विहानीको मिरमिरे उज्यालो सगं सुरु हुने मानवहादुर शार्की र सेतु सार्कीको दैनीकी एउटा हातमा घन र अर्को हातमा ढुङा समाइ गिट्टि कुट्दै वित्ने गर्छ ।
उमेरले दिन खाइ सकेका ६७ वर्षिय मानवहादुर र ६५ वर्षिय सेतुको वुढेसकालको साहरा गिट्टी वन्न पुगेको छ । कुनै दिन यो दम्पतीले  गिट्टि कुट्न पाएन भने दुइ छाक टार्न नै धौ धौ पर्छ । कहिले इत्राम खोला कहिले चौरमा त कहिले खुल्ला ठाउँ हेरेर यो दम्पती गिट्टी क्ुट्न सुरु गर्ने गर्छ । पछिल्लो समय यो दम्पती घण्टाघर नजीकको खाली ठाउमा ढुङा वटुल्दै गिट्टी कुट्न थालेको छ ।
मानवहादुर भन्नुहुन्छ हाम्रो पनि दुइ छोरा र एक छोरी छन् । सबै आ आफनो दुनीयामा रमाउछन् वुढेसकाल लागेको आफुहरुलाइ भने एक अर्काको सहारा वाहेक अरु केहि छैन । एउटा छोरा विदेश कतार गएको छ भन्दै उहा भन्न्ुहुन्छ अर्को छोरा सुर्खेतमै मजदुरी गर्छ भने छोरीको घरजम भइ सकेको छ ।
आफना छोराहरु आखामा नविझाउने भएपनि बुहारीको कारणले विरामी पर्दा समेत घन नसमाइ खान नपुग्ने दुख उहाहरुको छ । उहाले भन्नुभयो विदेशमा भएको छोराले बुवा अव दुख नगर्नुस मैले सबै पु¥याउछु भनेर भन्छ तर छोराले पठाएको पैसा वुहारीले हामीलाइ कत्ति पनी दीदैन । दुइ वटै वुहारीले छुट्ै खाना पकाएर खान थालेपनि अहिले आफुहरु दुइ वुढावुढी भान्साकोठामा खाना पकाउने त्यही कुनामा ओच्छयान लगाइ रात कटाउने गर्छन ।
मानवहादुरका अनुसार उहाहरुले महिनामा ३० कट्टा गिट्टी कुटेर ३ हजार रुपैया कमाउनुहुन्छ र दुइ वुढावुढीलाइ राम्रो सगं खान पुगेको छ । एक कट्टाको एक सय रुपैयाका दरले गिट्टी विक्रि गर्ने उहाले गिट्टी कुट्न धौ  भएपनि भोकै वस्न नपरेको अनुभव सुनाउनुभयो ।
्गाउका छिमेकीहरुले दुख छ भनेर पुराना लगाउन मिल्ने कपडा ल्याएर दिन्छन खानका लागि भने दुख गर्नुपर्छ सेतुले भन्नुभयो । २०२६ साल वाट नै गिट्टी कुटेको सम्झदै सेतुले भन्नुभयो पहिले हामी एक रुपैया पचास पैसामा एक कट्टा गिट्टी वेच्थेउ । ४५ वर्ष भयो गिट्टी कुट्न सुरु गरेको सुतुले भन्नुभयो दुख गरेर छोराछोरी हुर्काइयो अहिले वेसाहारा भएका छौ ।
यो महिनामा कुटेको गिट्टी विक्रि भएको छैन सेतुले भन्नुभयो खान नै धौ धौ पर्ने भयो । वुढेसकाल लागे सगंै काम गर्ने जागर पनी मरेर जाने अनुभव यो दम्पतीलाइ भएको छ । दम्पती भन्छ सकुनजेल गिट्टी कुटेर खान्छौ नसकेपछि देखा जाला ।

No comments:

Post a Comment