सुर्खेतपत्र संवाददाता 
बाढीपीडितलाइ हावाहुरीको डर
सुर्खेत, २ वैशाख ।
 सुर्खेतको विभिन्न शिविरमा वस्दै आएका वाढीपीडितहरुलाइ अव हावाहुरीको डरले सताउन थालेको छ । गत साउनमा आएको वाढीपहिरोवाट पीडित भइ शिविरमा वसेमा उनीहरुलाइ  वैशाख लागे सगंै हावाहुरीको डर पनि लाग्न सुरु भएको हो ।
९ महिना देखि शिविरमै कष्टपूर्ण जिविन विताउदै आएका वाढीपीडितहरुलाइ अव हावाहुरीको समस्या पर्न थालेको छ । सरकारले राहत दिन छाडेपछि गिटि कुट्ने लगाएतका मजदुरी गरि जिविको पार्जन गर्न थालेका वाढीपीडितहरुलाइ अव हावाहुरीले पाल सगं आफुहरुलाइै नै उडाइ दिन्छ की भन्ने डर लागेको छ ।
पश्चिम सुर्खेतको गिरिघाट शिविरमा वस्दै आउनुभएका वाढीपीडित हरिमाया थापाले वढीपहिरोवाट जेनतेन वाचेर  शविरमा वसेको आफुहरुलाइ हावाहुरीले मार्छकी भन्ने चिन्ता लाग्ने गरेको बताउनुहुन्छ । उहा भन्नुहुन्छ जगंलको विचमा वसेका छौ पछिल्लो समय दैनीक रातमा हावाहुरी लाग्दा पाल समातेर वस्न परेको छ, हावा सगंै उडिन्छ की भनेर झसंग झसंग हुन्छ ।
शिविरमा वस्न थालेपछि विभिन्न समयमा विभिन्न समस्याहरु सगं जुद्यन परेको उहालाइ पछिल्लो समय हावाहुरीको सामाना कसरी गर्ने भनेर उपाए आएको छैन । नत अहिले सम्म कसैले हावाहुरी आयो भने के गर्ने भनेर उपाए भनीदीएका छन् । आफनो वाल वच्चा र पुरापरिवारको चिन्ताले वैशाख लागेपछि रातभर निन्द्रा नपरेको पनि थापाले सुनाउनुभयो ।
 सरकारले न पुर्नरस्थापना नत रोजगारीनै केहीको पनि व्यवस्था नगरीदिदा वाढीपीडितहरुलाइ जिविकोपार्जनमा पनि समसया भएको छ । दिनभरी गिटी कुट्न पर्ने रातभरी पाल समातेर वस्न पर्ने समस्या भएको छ ।
 सोही शिविरमा वसेका  वाढीपीडित टेकवहादुर भण्डारीले सरकारले पुर्नरस्थापना नगरीदिदा त्रिपालमा वस्न मुस्कील भएको बताउनुभयो । उहाले शिविरमा वसेका आफुहरुलाइ अव हावाहुरीले क्रास देखाउन थालेको जनाउनुभयो । रातह आउन छाडेपछि मजदुरी गरि जिविकोपार्जन र्गनुभएका उहालाइ हावाहुरीले चैनको निददे सुत्न दिएको छैन ।
सरकारले पुर्नरस्थापना नगरी दिदा जाडोमा सितको समस्या र अव गर्मीमा हावाहुरीको समस्याले पिरोल्न थालेको छ । उहा भन्नु हुन्छ विहान भरी दुइ वुढावुढी मिलेर गिट्टी थुपार्छौ अनी दिनभर पालैपाले कुटने गरेका छौ हावाहुरीले रातभरपनि पालैपाले सुत्ने गरेका छौ ।

महिला प्रशिक्षण शिविरमा गिटि कुटीरहेकी अर्की वाढीपीडित कृष्णा कठायतले सरकारले वाढीपीडितलाइ आवश्यक भन्दा ज्यादै थोरै रकममा पर्नरस्थापना हुनकालागि निर्देशन दिदा आफुहरुको पुनर्रस्थापनामा ढिलाइ भएको बताउनुहुन्छ ।
वस्ने उचित घर नवन्दा पालमै कष्टकर जिवन विताउनु पर्ने वाध्यता रहेको सुनाउदै उहा भन्नुहुन्छ  हामी हावाहुरी पीडित पनि भएका छौ । कुन दिन हावाहुरीले पाल सगंै उडाउछ भन्ने डरले सताउने गरेको अनुभवव पनि उहाले सुनाउनुभयो ।उहाका अनुसार पहिले वर्खामा वाढीपहिरोले सतायो त्यसपछि विभिन्न रोगहरुले सतायो जाडोमा चिसो र शितले सतायो अहिले हावाहुरी सगंै पर्ने चट्यागंले रातभरी सुत्न दिदैन ।
वैशाख लागे सगंै हावाहुरीको समय भएको छ तर वाढीपीढिडतहरुको उचित व्यवस्थापन हुन नसक्दा कष्टकर जिवन विताउन वाढीपीडितहरु वाध्य छन् । 

No comments:

Post a Comment