जाजरकोट २४ जेठ ।
यार्सागुुम्वा टिप्न डोल्पा गएका जाजरकोटका दुई जनाको ज्यान गएको छ । रग्दा–६ का १४ बर्षीय देवीराम शाही र सक्ला–६ का २६ बर्षीय कैलो वलीको यार्साटिप्ने सिलसिलामा लडेर ज्यान गएको स्थानीय धर्मराज थापाले जानकारी दिएका छन् । उनीहरु दुई साता अघि यार्सा टिप्न डोल्पातिर गएका थिए ।
देवीराम त्रिभुवन उच्च मावि खलंगामा ९ कक्षामा अध्ययनरत थिए । कमाई गर्ने उद्देश्यले यार्सा टिप्न गएकाको ज्यान गएपछि घरपरिवार र आफन्त शोकाकुल भएका छन् । यार्सा टिप्न गएकाहरु विरामी पर्न थालेका छन् । यार्सागुुम्वा टिप्न डोल्पा गएका जाजरकोटका दुई जनाको ज्यान गएको छ । रग्दा–६ का १४ बर्षीय देवीराम शाही र सक्ला–६ का २६ बर्षीय कैलो वलीको यार्साटिप्ने सिलसिलामा लडेर ज्यान गएको स्थानीय धर्मराज थापाले जानकारी दिएका छन् । उनीहरु दुई साता अघि यार्सा टिप्न डोल्पातिर गएका थिए ।
उक्त स्थानमा हिमपात समेत पर्न थालेपछि यार्सा टिप्नेहरु अफ्ठयारोमा पर्न थालेको यार्सा संकलनमा डोल्पा पुगेकी सक्लाकी शर्मिला थापाले बताएकी छन् ।
No comments:
Post a Comment