तीन गाविसमा शान्ति समिति

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २४ जेठ ।
    साल्कोट, बावियाचौर र विद्यापुरमा गाविसस्तरीय शान्ति समिति गठन गरिएको छ । मंगलवार सालकोट र बावियाचौरमा गाविस सचिव नारायण थापा तथा विद्यापुरमा चक्रबहादुर जिसीको संयोजकत्वमा आयोजित परामर्श भेलाबाट शान्ति समिति गठन गरिएको हो ।
    साल्कोटमा सन्तोष तिमिल्सेना, बावियाचौरमा नरेन्द्र शाही र विद्यापुरमा पर्शुराम बास्तोलालाई गाविसस्तरीय शान्ति समितिको संयोजक चयन गरिएको छ ।  कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक मोहन थापा, सचिवालय सदस्यहरु सीता नेपाली, धु्रव शाही र श्रीधर पौड्यालको उपस्थिति रहेको थियो । गाविसस्तरमा रहेका विवादहरु समन्वयबाट समाधान गर्ने, द्वन्द्व न्यूनीकरण गर्न गाविसस्तरीय शान्ति समिति गठन गरिएको संयोजक मोहन थापाले बताए । उनका अनुसार यी गाविससंगै सुर्खेतमा गाविसस्तरीय शान्ति समितिको संख्या ३५ पुगेको छ ।

No comments:

Post a Comment