लेखा परीक्षण कार्यक्रम

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ जेठ ।
    जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा सार्वजनिक लेखा परीक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
    कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका कर्मचारी, साल्कोटस्थित राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक प्रतिनिधिसहित २८ जनाको सहभागिता रहेको थियो ।
    कार्यक्रममा केन्द्रले प्रदान गरिरहेको सेवा तथा गुणस्तरका बारेमा छलफल भएको छ । साथै कार्यक्रमबाट प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत पदस्थापनाका लागि १० हजार बढी हस्ताक्षर संकलन गर्ने तथा एम्बुलेन्सको व्यवस्थाको लागि भारतीय राजदुतावासमा प्रस्ताव पेश गर्ने कार्य योजना तयार गरिएको छ ।
    कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकरी र घनश्याम केसीले सहजीकरण गरेका थिए ।


No comments:

Post a Comment