तपाईंले आफ्नो घरमा पालेको बिरालो मर्यो भने के गर्नुहुन्छ ? अवश्य पनि खाल्डो खनेर गाड्नुहुन्छ । तर नेदरल्याण्डका एक व्यक्तिले घरमा पालेको विरालो दुर्घटनामा परी मरेपछि उसको लासबाट हेलिकप्टर बनाएका छन् । पेशाले कलाकार रहेका बार्टल्यान्सेनले घरमा पालेको ओर्भिल नामको बिरालो कारले ठक्कर दिएपछि मरेको थियो । बिरालो मरेपछि चिन्ता लाग्नु स्वभाविक थियो । तर चिन्ता गरेर मात्र भएन । उनले उक्त शोकलाई शक्तिमा बदले अर्थात बिरालोको लासमाथि नै उत्कृष्ट कलाकारिता प्रदर्शन गर्ने विचार गरे । उनले एक जना रेडियो कन्ट्रोल हेलिकप्टर इन्जिनियरसंग सल्लाह गरी उक्त मरेको बिरालोका चारवटै खुट्टामा प्रोपेलर जडान गरे । हवाइजहाजका आविश्कारक मध्येका एक ओर्भिल राइटको नामबाट उक्त बिरालोको नाम ओर्भिल राखिएको थियो । त्यसैले उसको लासबाट बनाइएको हेलिकप्टरको नाम जेन्सनले ओर्भिलेकोप्टर राखे । अहिले उक्त बिराले हेलिकोप्टर आधा बिरालो आधा हेलिकोप्टरको रुपमा कलाको उत्कृष्ट नमूनाको रुपमा रहेको छ । यो बिराले हेलिकोप्टर हाल नेदरल्याण्ड एम्स्टर्डमा चलिरहेको कुन्स्ट्राइ आर्टफेस्टिभलमा प्रदर्शनीमा राखिएको छ । जेन्सले आफ्नो यो कला प्यारो बिरालो प्रतिको श्रद्धाञ्जली भएको बताउँछन् । आफूले धेरै दिनको शोकपछि उसको शवलाई हेलिकोप्टरको रुप दिएको उनी बताउँछन् । अहिले उक्त बिराले हेलिकोप्टर अलीअली मात्र उढ्न सक्छ । बिरालोको जन्मजयन्तीको अवसर पारेर त्यसमा अझ शक्तिशाली इन्जिन राखिने तथा पखेटा पनि अली ठूला राखेर यसलाई राम्ररी उड्नसक्ने हेलिकोप्टर बनाउने जेन्सको लक्ष्य छ ।
No comments:
Post a Comment