गर्मीको पारो चढ्दैछ । गर्मी मौसम र रेखा थापाका सन्दर्भमा एउटा ठट्टा प्रचलित छ । भनाइ छ, गर्मी मौसममा रेखा थापाका चलचित्र हेर्न दर्शक घट्छन् । पर्दामा रेखा थापा प्रायश: छोटो लुगामा देखापर्छिन् । छोटो स्कर्ट र हाफ प्यान्ट तिनको प्रिय पहिरन हुँदै आएको छ । रेखा थापालाई त्यस्तो पहिरनमा पर्दामा हेर्नरुचाउने दर्शकको संख्या ठूलै छ । मौसम तातिंदै जाँदा सुन्दरी रेखा थापा लगायतका अभिनेत्रीको भन्दा कम कपडामा सहरबजारतिर देखिने हुँदा आँखा सेक्नका लागि चलचित्र भवनसम्म गइरहनै पर्दैन । वास्तवमा नै कलिउड स्टारको पहिरन व्यक्तिगत जीवनमा पनि पर्दामा जस्तै हुन्छ किभिन्न ? व्यक्तिगत जीवनमा उनीहरु कस्तो पहिरन मन पराउँछन् ? मनपर्ने पहिरनका विषयमा कुरा चर्दा रेखा थापा भन्ने गर्छिन् ‘जाडो न गर्मी, मलाई त छोटो लुगा नै मनपर्छ । फरक यति हो, गर्मीमा स्टकिन चाहिंदैन तर जाडोमा त्यो लगाउँछु ।’ सामान्यतया छोटो लुगामा नै देखिने रेखा थापासंग एउटा फिल्म पुरस्कार समारोहमा उद्घोषक दिनेश डी.सी. ले जिज्ञासा राखेका थिए, ‘तपाईंको लुगा कहाँसम्म माथिको र कहाँबाट तलको हो ? आफैं छुट्याई दिनोस् न !’ पछिल्ला समयमा रेखा थापाकै बाटो पछ्याउँदै सबैजसो नायिका छोटो लुगामा नै देखिने गरेका छन् । नवोदित अभिनेत्री सुमीना घिमिरे पनि आफूलाई छोटो लुगा नै मनपर्ने बताउँछिन् । भन्छिन्, ‘पर्दामा छोटो लुगा लगाउँदा दर्शकको आकर्षणको केन्द्र विन्दु बन्न सजिलो हुन्छ । त्यसैले मलाई छोटो लुगा मनपर्छ । विशेषगरी स्कर्टमलाई सबैभन्दा बढी मनपर्छ । धेरैले मलाई स्कर्टमा ‘क्युट’ देखिन्छ भन्ने गरेका छन् । ‘सुमीना घिमिरे जस्ता नवयुवतीलाई स्कर्टमन पर्ने स्वाभाविक हो तर करिश्मा मानन्धरसमेत सकेसम्म स्कर्टमै देखिने गर्छिन् । फेसनमा ज्यादै सचेत र गम्भीर मानिने करिश्मा मानन्धर उमेरको चौथो दशक पुग्दा पनि सुन्दर अभिनेत्रीको दर्जामा उभिन सफल छिन् । औपचारिक समारोहमा वन पिस फर्कल ड्रेस लगाउन रुचाउने करिश्मा गर्मी मौसममा भने ‘कम्फर्टेबल लाग्ने स्कर्ट नै हो’ भन्न पछि पर्दिनन् । महानायकको रुपमा चर्चा कमाएका राजेश हमाल गर्मीको मौसममा हाफ प्यान्ट र स्यान्डो वा टिसर्टलगाउन मन पराउँछन् तर सुटिङ वा सभा, समारोहको औपचारिकतामा भने उनी कुर्ता पायजामा लगाउन मन पराउँछन् । अभिनेत्रीमा करिश्मा मानन्धरलाई फेसनप्रति सजग भनिए जस्तै अभिनेतामा भुवन के.सी. सजग मानिन्छन् तर उनी जाडोमा पातलो र गर्मीमा बाक्लो लुगा लगाएर मौसमलाई चुनौती दिन रुचाउने अभिनेता हुन् । एकताका डिंगो बुट उनको प्रिय जुत्ता हुने गथ्र्यो । अहिले भने फेसनमा अपडेट रहन चलेको जुत्ता नै लगाउँछन् । यस्तै, युवा अभिनेता राजबल्लभ कोइरालालाई पनि ‘इजी वेयर’ मनपर्छ । कुनैपनि लुगा (पहिरन) मन पर्यो भने मूल्य वा ब्रान्ड ख्याल नगर्ने बानी राजबल्लभ कोइरालाको छ । विदेशीहरुको जस्तै टिसर्ट र हाफ प्यान्ट उनको प्रमुख रोजाइ हो । निशा अधिकारी पनि ट्रेन्ड अनुसारको पहिरनमा सजिन रुचाउँछिन् । ब्रान्डको सन्दर्भमा उनी पहिला ‘सीसीडीयू’ का पहिरन प्रयोग गर्थिन् । माल्भिका सुब्बाले सोरुम खोलेदेखि उनैकहाँ लुगा किन्ने गरेको बताउँछिन् ।
यसैगरी, नन्दिता के.सी. पनि गर्मीमा कुल सर्ट र जिन्स लगाउन मन पराउँछिन् । जिन्स प्राय: सबै कलाकारको प्रिय पहिरन बन्दै आएको देखिन्छ । दिनेश डी.सी. को हिरोइन ‘मायाज बार’ चलचित्र निर्माणमा व्यस्त निर्देशक दिनेश डी.सी.लाई चलचित्र निर्देशन प्रस्ताव ओइरिन थालेको छ । निर्माता एवं अभिनेता रोज राणाले निर्माण गर्ने भनिएको ‘हिरोइन’ को निर्देशनको जिम्मेवारी पनि दिनेश डी.सी.लाई सुम्पिइने भएको छ । आर्मी क्लबमा सम्पन्न ‘लुट’ को ५१ दिन र सोल्टी होटेलमा सम्पन्न पाँचौ नेफ्टा फिल्म अवार्ड कार्यक्रममा क्यामेरा लुकाएर सुटिङ गरिएका कारण विवादमा समेत परेको चलचित्र ‘हिरोइन’ का लागि ‘हिरोइन’ कोभने अहिलेसम्म छनोट भइसकेको छैन । नेपालमा थ्रिडी चलचित्र निर्देशक दिपेन्द्र के. खनालले थ्रिडी प्रविधिमा नेपाली चलचित्र बनाउने घोषणा गरेका छन् । विदेशबाट प्रविधि र प्राविधिज्ञ झिकाउनु पर्ने भएकोले हाल त्यसबारेमा छलफल भइरहेको बताइने यो नेपाली थ्रिडी चलचित्रको शीर्षक ‘भिजिलान्ते’ राखिएको छ । ‘चपली हाइट’ का निर्देशक खनाल अहिलेका चर्चित निर्देशकका रुपमा गनिन्छन् । उनको चर्चा ‘भिजिलान्ते’ पछि कतातिर मोडिने हो, त्यो त अहिले नै भन्न कहाँ सकिन्छ र ?
शिव रेग्मी पनि अग्रेजी शीर्षकतिर कलिउडमा शिव रेग्मीलाई पर्दामा सौन्दर्य र संवेदना पोख्न सिपालु निर्देशक मानिन्छ । थुप्रै सफल चलचित्र निर्देशन गरिसकेका शिव रेग्मीका ‘साथी म तिम्रो’ र ‘फूल’ हालै मात्र रिलिज भएका छन्भने ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ रिलिज हुने क्रममा छन् । अहिले आएर आफ्नो धारबाट उछिट्टिएर उनी अग्रेजी शीर्षकतिर मोडिन पुगेका छन् । उनले आफ्नो नयाँ चलचित्रको नाम ‘सो सिम्पल’ राखेका छन् । अभिनेता एवं निमार्ता केशव भट्टराईको के.के.डी. फिल्मस अन्तर्गत बन्न लागेको ‘सो सिम्पल’ मा निर्देशक रेग्मीकी सुपुत्री भावना रेग्मीसंग प्रमोद भारद्वाज नवनायकको रुपमा देखापर्दैछन् । विगतका चलचित्र पारिवारिक धारका हुने गरेकोमा रेग्मी निर्देशित यो चलचित्र भने अत्याधुनिक युवा जगतको प्रेमकथा हुनेछ । कलिउडमा नम्रता श्रेष्ठ बलिउडको ‘द डर्टी पिक्चर’ ले हासिल गरेको सफलताबाट प्रेरित नेपालका निर्माता निर्देशकले नेपाली चलचित्रमा काम गर्ने अभिनेत्रीको जीवनकथालाई आधार बनाएर चलचित्र बनाउन लागेको देखिन्छ । रोज राणाको ‘हिरोइन’, कृपा चौलागार्इंको ‘नायिका’ र नवअभिनेत्री प्रियंका कार्कीले निर्माण गर्ने घोषणा गरेको ‘हिरोइन’ यस्तै खालका चलचित्र हुन् । पछिल्लो चरणमा नवनिर्देशक नवराज आचार्यपनि ‘कलिउड’ बनाउन तम्सेका छन् । कान्तिपुर टीभीमा ‘कलेज’ लगायतका टेलिसिरियल निर्देशन गरिसकेका निर्देशक आचार्यको ‘कलिउड’ मा नम्रता श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्ने भएकी छन् ।

No comments:
Post a Comment