सामाजिक संजाल फेसबुक यति लोकप्रिय छ की यो विनाको संसारको कल्पना गर्नसमेत गाह्रो हुँदै गैरहेको छ । तर विश्लेषकहरुले भने आउादो ५ देखि ८ वर्षभित्रमा फेसबुकको अस्तित्व समाप्त हुने दाबी गरेका छन् । खासगरी फेसबुकको शेयर मूल्यमा आएको गिरावटले यसको अस्तित्वमाथि प्रश्न उठाएको विश्लेषकहरुको टिप्पणी छ । चर्चित लगानी फर्म आइरन फायर क्यापिटलका संस्थापक इरिक ल्याक्सनले अब छिट्टै फेसबुकको हालत पनि याहुको जस्तो हुने भविष्यवाणी गरेका हुन् ।
याहुले अहिलेपनि नाफा कमाइरहेको र यसमा १३ हजार जनाले रोजगारी पाइरहेका भएपनि याहुको अहिलेको स्तर सन् २००० को भन्दा केबल १० प्रतिशत मात्र रहेको र समग्रमा याहुलाई अहिले लोप भएको भन्न सकिने उनको तर्कछ । आउादो ८ वर्षभित्रमा फेसबुकको हालत पनि यस्तै हुने उनी बताउाछन् । अहिले मोबाइल प्रयोगकर्ता फेसबुकको कमाइखाने भााडो भएका भएका र फेसबुकले विभिन्न मोबाइल कम्पनीहरुलाई खरीद गरिरहेको भएपनि मोबाइल प्रयोगकर्ता आफ्नो मोबाइलमा फेसबुकको प्रयोग गर्दा आउने कठिनाइबाट हैरान भएकाले उनीहरुको छिट्टै मोहभंग हुने इरिक बताउाछन् । फेसबुकको शेयर मूल्यमा आइरहेको गिरावट यसको अन्त्यको एक सूचक भएको उनको ठम्याइ छ । स्मरण रहोस् ३८ डलर मूल्यमा जारी गरिएको फेसबुकको शेयर मूल्य अहिले २६ डलरमा झरेको छ ।
मा
No comments:
Post a Comment