उखानै छ, आँशु नुनिलो त हुन्छ तर यसले नुनको काम भने गर्दैन । तर अब भने यो उखान डेट एक्सपायर्ड भैसक्यो । अब मानिसको आँशुबाटै नुन बनाउन थालिएको छ जुन मान्छेले नै खानको लागि प्रयोग गर्नसक्छ । बेलायतको लण्डनस्थित मन्स्टर स्टोरले मान्छेको आँशुबाट नुन उत्पादन गरेको हो ।
यस्तो अश्रु नुन चानचुने पनि छैन, विभिन्न स्वादमा उपलब्ध छ । तपाईंले आफूलाई मनपर्ने स्वादको नुन किन्न सक्नुहुन्छ । आँशुबाट बनेको नुनको पनि कसरी फरक फरक स्वाद होला र ? भन्ने तपाईंको जिज्ञासा हुनसक्छ ।
तर उक्त स्टोरले मान्छेलाई बढी रिस उठेका बेला, दुखका बेला, खुसीको बेला तथा प्याज काट्दाको बेला झरेका आँशुको बेग्लाबेग्लै नुन तयार पारेको छ । यस्तो बेग्लै अवस्थामा झरेका आँशुबाट बन्ने नुनको स्वाद पनि बेग्लै हुने बताइएको छ । पछिल्ला दिनमा लण्डनमा यो नुनको लोकप्रियता निकै बढेको र अरु देशमा समेत यो नुनको अर्डर आइरहेको उत्पादक कम्पनीको भनाइ छ ।यस्तो अश्रु नुन चानचुने पनि छैन, विभिन्न स्वादमा उपलब्ध छ । तपाईंले आफूलाई मनपर्ने स्वादको नुन किन्न सक्नुहुन्छ । आँशुबाट बनेको नुनको पनि कसरी फरक फरक स्वाद होला र ? भन्ने तपाईंको जिज्ञासा हुनसक्छ ।
No comments:
Post a Comment