सुर्खेतका ४ महिलाको कैलालीबाट उद्दार

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ४ माघ ।
    कैलालीको भन्सार कार्यालयबाट चार जना महिला र एक बालिकाको उद्दार गरिएको छ ।     के आइ नेपालको गस्ती टोलीले भारतको गैरीफन्टामा बस स्टेशनबाट चारै जनालाई उद्दार गरेको हो । भारतमा काम लगाइदिन्छु भनि बालिकासहित ४ जनालाई लैजाने साँडेपानी गाविस–९ बेलारकी शोभा शाहीलाई पक्राउ गरिएको छ । उनीहरुले ११ वर्षीया सीता चौधरी, सुर्खेत कुनाथरी–१ की दिमाया विक र पार्वती विक, कुनाथरी–९ कै इच्छा परियार र तरंगा– ४ का सर्मीला गुरुङलाई भारत लैजान लागेकी थिइन् ।
    बालिकालाई आफन्तको जिम्मा लगाइसकिएको र महिलाहरुलाई पनि चाँडै आफन्तको जिम्मा लगाइने के आइ नेपालकी चन्दा मगरातीले बताइन् । महिलाहरुलाई भारत लैजाने कार्यमा संलग्न महिला शोभा शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलाली चलान गरिएको मगरातीको भनाइ छ । भारतमा राम्रो काममा लगाएर धेरै पैसा कमाइने लोभ देखाएर गाउँका सोझा महिलाहरुलाई फकाउने प्रवृत्ति यद्यपि कायमै छ ।  

No comments:

Post a Comment