सुर्खेतपत्र संवाददाता
सुर्खेत, ४ माघ ।
सुर्खेतको लेखफर्सामा संचालन भएको नि:शुल्क आँखा शिविरमा ४ सय २३ जनाले आँखा जाँच गराएका छन् । शुक्रवारदेखि सुरु भएको शिविरमा २ सय २२ जनामा मोतिया विन्दु फेला परेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका उपसभापति रामलाल आचार्यले बताए ।
शनिवार ८० जनाको आँखाको अप्रेशन गरिएको र बाँकीको आज आइतवार अप्रेशन गरिने उनले जनाए । शिविर नेपाल रेडक्रस सोसाइटी सुर्खेतले आयोजना, उपशाखा लेखफर्सा र जुनियर रेडक्रस सर्कल जनकल्यान जहरेको समन्वयमा भएको थियो । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन नेपालगन्ज लगायतको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरमा सुर्खेतका रहेका लायन्स क्लवहरुले पनि सहयोग गरिरहेको बताएको छ ।

No comments:
Post a Comment