सुर्खेतपत्र संवाददाता
हुम्ला, ४ माघ ।
अत्यधिक हिमपात भएकाले यहाँका कार्यालय कर्मचारीविहीन भएका छन् । सहायक प्रजिअ बमबहादुर केसीले हिमपातले गर्दा यहाँ खाद्यान्न वितरण गर्नपनि नसकिएको बताए । यस्तै मंसिरदेखि वर्षा नभइ सुख्खा लागेकाले विभिन्न गाविसमा करिब ३ सय ५० चौपाया मरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
यता मुगुमा पटकपटक गरी हिमपात हुने गरेपनि शुक्रवार रातीबाट भारी हिमपात भइरहेको छ । शुक्रवार एक्कासी रातीबाट हिऊँ पर्न थालेपछि सडक यातायात अबरुद्ध भएको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष नरवीर रावतले चिन्ता व्यक्त गरे । दैनिकजसो २० वटासम्म मालबाहक गाडी सुर्खेत नेपालगन्जदेखि मुगु सदरमुकाम गमगढीसम्म व्यापारिक सामान लिएर आउने गर्दछन् । शुक्रबार रातीबाट नै हिऊँ पर्न थालेपछि गमगढी पुगेका गाडी गमगढीमा नै छन् भने बाटोमा रहेका गाडी बीचमा नै रोकिएको उनले बताए ।
हिमपातले गर्दा रारा ताल्चा विमानस्थलमा नेपालगन्ज, सुर्खेत तथा राजधानी झर्ने बिरामी र सर्वसाधारण यात्रुहरू अलपत्र परेका छन् । यता हिऊँ पर्न थालेपछि किसानहरू भने हिऊँदे बालीको उत्पादन राम्रो हुने आशामा खुशी देखिन्छन् । एकाबिहानै गमगढी बजारमा तरकारी बेच्न आएकी श्रीनगर गाविस–८ हेर्निकाध गाऊँकी रामदेवीले बुढा खुशी व्यक्त गर्दै भनिन्, ‘यो वर्ष पटकपटक गरी हिऊँ परेर केही असहज भएपनि हिउँदे बाली जौ, गहुँलगायतका बालीको उत्पादन राम्रो हुनेभयो ।’
हिमपातका कारण अत्यधिक जाडो भएपछि गमगढी बजार सनुसान छ । जिल्लाका करान क्षेत्रका मुगु, किम्री, पुलु, डोल्फु, र मााग्री, सदरमुकाम आसपासका रोवा, रुगा, पिना, श्रीनगर र कार्कीवाडा, खत्याड क्षेत्रका सेरी, श्रीकोट, खमाले र गम्था तथा सोरुका रारा, कालै, धैनकोट, जिमा र फोतु गाविसमा बढी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।
यसैबीच मुगुको मुचु–७ का छिरिङमिगुर तामाङको चारकोठे भवनमा हावाहुरीका साथ आगलागी हुँदा लत्ताकपडा र खाद्यान्न नष्ट भएको छ । पीडितले जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस समेतलाई राहतका लागि निवेदन दिएका छन् ।
यसैगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा फेरि हिमपात भएको छ । गएराती भएको वर्षासंगै पहाडी जिल्लाहरूमा भारी हिमपात भएको हो । हिमपातका कारण दशरथचन्द्र राजमार्गको अनारखोली, जयपृथ्वी राजमार्गको श्रीभावरलगायतका सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । यातायात सेवा अवरुद्ध भएपछि दर्जनौं सवारी साधन तथा यात्रु अलपत्र परेका छन् । अधिकांश क्षेत्रमा वर्षा र हिमपात जारी रहकाले जनजीवन अत्यन्त कष्टकर बनेको छ । चिसो बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको हो ।
अधिकांश क्षेत्रमा चिसोका कारण आवागमनका साथै पसल र बजार पनि बन्द भएका छन् । सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा गत सातामात्रै भारी हिमपात भएको थियो । उच्च पहाडी तथा हिमाली जिल्लाको तापक्रम निकै तल झरेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयहरूले जनाएका छन् ।

No comments:
Post a Comment