स्वास्थ्यको विकासमा नयाँ आयाम

सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, ४ माघ ।
    नेपालगन्जमा करिब रु. २५ लाखको लागतमा ‘फिजिया केयर पेन रिलिफ एन्ड रिहाबिलिटेसन सेन्टर’ स्थापना गरिएपछि स्वास्थ्य क्षेत्रको विकासमा नयाँ आयाम थपिएको छ । ओखती र उपचारबाट पनि निको हुन नसक्ने विशेषत: नशा, हाडजोर्नी तथा मांसपेशी रोगका दीर्घ रोगीहरूको उपचारका लागि स्थापना गरिएको सो स्वास्थ्य संस्थामा दैनिक २५ भन्दा बढी बिरामीले स्वास्थ्य लाभ गरिरहेका छन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने सो संस्थाबाट मुख बांगो भएका, पक्षघात, हातखुट्टा बांगिएका, घाँटी, घँुडा, कम्मर निरन्तर दु:खिरहने बिरामीले स्वास्थ्य लाभ गरिरहेका छन् ।  

No comments:

Post a Comment