सुर्खेतपत्र संवाददाता
जाजरकोट, ४ माघ ।
पुसको कठ्यांग्रिदो जाडो, आङमा एकसरो कपडा । खगेनकोट वडा नं ६ सिम टोलका ११ वर्षीय तुले विक बिहानै उठ्छन् । अनि डोको बोकी हुस्सु र शीतले छपक्कै छोपेको गारकमद जंगलमा पुग्छन् । नौ बजेसम्ममा एक डोको दाउरा ल्याएपछि हतारहतार घर फर्कन्छन् र सुरु हुन्छ, उनको स्कुल जाने तर्खर । दिउँसोभरी पढेपछि साँझ भोक–थकानको प्रवाह नगरी तुले पुन: दाउराको भारी लिएर राडीबजारको होटलमा हाजिर हुन्छन् ।
सीमाकै ९ वर्षीय बुदे विकको दिनचर्या पनि तुलेको भन्दा फरक छैन । तुले दिनहुँ दाउरा बोकेर आफ्नो पढाइमात्र नभई आवश्यक घरखर्चको समेत जोहो गर्छन् । चरम गरिबी र बाबुआमाको बच्चाबच्चीप्रति ध्यान नदिने मानसिकता का कारण सीम गाउँका दलित बालबालिका कलिला हातले घाँस, दाउरा बोक्न बाध्य छन् । ‘गाउँकै लेकबेसी प्राविमा कक्षा ४ मा अध्ययनरत तुलेले बाबुले गर्नुपर्ने कामको जिम्मासमेत आफ्नै काँधमा आइपरेको बताए । ‘म ५ वर्षको हुँदा बा बित्नुभयो, आमालाई सबै काम गर्न सम्भव हुँदैन,’ उनले भने, ‘त्यसैले दुई–चार हजार कमाउन दाउरा र घाँस बोक्नै पर्यो ।’ हालसम्म कमाएको पैसाबाट घरायसी सरसामान, खाद्यान्न तथा कापी, कलम र पोशाकमा खर्चेको उनले बताए ।
दाउरा बोकेर थरथरी काँपिरहेका अर्का बालक रामबहादुर विकले पारिवारिक अवस्थाका कारण आफ्नो पढाइ प्रभावित भएको पीडा सुनाए । ‘सरले गृहकार्य दिनुहुन्छ । कक्षामै बसेर अर्का कुनै साथीलाई फकाएर सरसर्ती सार्नुपर्छ । घरमा लेखपढ गर्ने वातावरण छैन’ रामबहादुरले भने । दाउरा, घाँस, बालुवा संकलन गर्नु आफूहरूको दैनिकी भएको बालबालिकाको भनाइ छ । उनीहरूले घरमा दैनिक चामल, नुन, तेल, साबुन, लुगाफाटो जुटाउन दाउरा र घाँस नबोकी सुखै नपाइने गुनासो गरे । ‘भएको पैसासमेत बाबुको उपचारमा खर्च हुन्छ, ५ कक्षाका विद्यार्थी देउमी विकको व्यथा थियो, ‘त्यसका लागि आमा र म लागेर केही काम त गर्नै पर्यो ।’

No comments:
Post a Comment