सुर्खेतपत्र संवाददाता
नेपालगन्ज, ३ फागुन ।
बाँके जिल्लामा क्षयरोगका कारण हालसम्म ३४ जना बिरामीको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष २०६९/७० मा ४ सय २८ जना क्षयरोगका बिरामी फेला परेका
छन् । जनस्वास्थ्यका अनुसार ४ सय ६२ जना बिरामी निको भएका छन् ।
आर्थिक वर्ष २०६८/६९ को तुलनामा आर्थिक वर्ष २०६९/७० मा एचआईभी संक्रमितको संख्यामा वृद्धि भएको बताउँदै जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले बाँकेमा ५६७ जना एचआईभी सङ्क्रमित रहेको बताए । विगतका आर्थिक वर्षभन्दा २०६९/०७० मा कम महिला ले सुरक्षित मातृत्व सेवा लिएको भन्दै उनले सामाजिक संरचनाका कारण महिलाहरू गर्भ परीक्षण गराउन नआएको बताए ।
वि.सं. २०६७/६८ मा ९३ र २०६८/०६९ मा ९४ प्रतिशत महिलाले गर्भ परीक्षण गराएका थिए भने आर्थिक वर्ष २०६९/७० मा ९० प्रतिशत महिलाले मात्र गर्भ परीक्षण गराएको जनस्वास्थ्यले जनाएको छ ।

No comments:
Post a Comment