सुर्खेतपत्र संवाददाता
जाजरकोट, ३ फागुन ।
शुक्रवार रातीदेखि परेको हिमपातका कारण जाजरकोटका एक दर्जन गाविसका स्थानीय बासिन्दा प्रभावित भएका छन् । जिल्लाका खगेनकोट, रग्दा, भगवती, पैक, ढिमे, नायकवाडा, रामीडाँडा, रोकाय गाउँ र सक्ला गाविसका स्थानीय बासिन्दा प्रभावित भएका हुन् ।
गएरातीदेखि अबिरल वर्षासंगै हिमपात हँुदा चिसोको कारण घरदेखि बाहिर निस्किन नसकेको नायकवाडा का शिक्षक घमण्डबहादुर शाहले बताए ।
हिमपात हुँदा जिल्लाका ग्रामीण भेगमा रहेका स्काई टेलिफोनका टावरहरूले काम नगर्दा टेलिफोन सेवासमेत प्रभावित भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

No comments:
Post a Comment