कार्की सम्मानित

सुर्खेतपत्र संवाददाता 
 जाजरकोट, ३ फागुन ।
    पत्रकार महासंघ जाजरकोटका अध्यक्ष राजेन्द्र कार्कीलाई प्रेस युनियनले शुक्रवार सम्मानित गरेको छ । युनियनको तेस्रो जिल्ला अधिवेशनका अवसरमा कार्कीसहित कान्तिपुरका भीमबहादुर सिंहलाई सम्मान गरिएको हो । युनियनका जिल्ला शाखा स्थापना र जिल्लाको पत्रकारिता विकासमा विशेष योगदान पुरयाएको भन्दै युनियनका केन्द्रीय प्रतिनिधि हरिवहादुर बस्नेतले  दोसल्ला ओढाएर दुई जनालाई सम्मान गरेका हुन् । राजधानी दैनिक तथा सुर्खेतपत्र दैनिकका सहकर्मी रहेका कार्की युनियनका पूर्व अध्यक्ष एवं हालका सल्लाहकार हुन् ।
 

No comments:

Post a Comment