![]() |
| श्यामप्रसाद भण्डारी |
विद्यालयमा गएर औपचारिक रुपले शिक्षा लिने विद्यार्थीहरुलाई राजनीतिको सुरुवाती विन्दु मानिन्छ । पहिलोपटक समुदायबाट बाहिर निस्केको व्यक्ति एउटा दीर्घकालीन र औपचारिक जमघटमा भेट हुन्छ र केही सिक्ने अपेक्षा राखेको हुन्छ । यसरी स्कुल, क्याम्पस र विश्वविद्यालयामा पढ्ने विद्यार्थीहरुले शैक्षिक क्षमताको प्रर्दशनद्धारा आफ्नो देशको सम्मुनत स्थिति निर्माण गर्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न सक्छन् र गर्नुपनि पर्दछ । तर विडम्बना भन्नुपर्छ विद्यार्थी होनहार र प्रगतिशील छन्, शिक्षा परम्परागत र प्रतिगामी छ । बुजुर्वा शिक्षाको पत्तासाफ गर्छु भन्दै हिडेंकाहरुले आफ्नो सक्कली अनुहार देखाइसकेका छन् । उनीहरुले बोकेर हिंडेको माक्र्सबादी शिक्षाको झोलाले पूँजीवादको कमजोरीको फाइदा उठाएको छ । उनीहरुको जनवादी शिक्षा ‘डस्विन’मा फ्याकिाएको छ । पूँजीवादले यस शिक्षालाई स्वीकार गर्न नसक्दा स्वयंमको जीवनमा ठूलो खतरा मोलेको छ ।
उसले पारस्परिक सम्मानमा नै जीवन अडेको हुन्छ भन्ने बुझेनछ । शिक्षा र राजनीतिमा माक्र्सवादलाई सम्मान नदिएसम्म दुनियाँको राजनीतिक द्वन्द्व,युद्ध र हिंसाको समाधान हुन सक्दैन भन्ने कुरा बुझेनछ । माक्र्सले आफ्ना औपचारिक अवधारणाहरु सान्र्दभिक रुपमा प्रस्तुत गरेको केयौं वर्ष भइसकेको छ र त्यसलाई अहिलेको बदलिंदो परिस्थितिबाट तुलना गर्नु योग्य हुँदैन । संसारको एउटा तितो यर्थाथ के होभने माक्र्सवादी अर्थात माक्र्सवादलाई आफ्नो जीवनको आर्दश मान्नेहरु राज्यसत्तामा पुगे पछि भ्रष्ट भएको पाइन्छ ।
एक युगसम्म कुनै नेताले यसको मर्मलाई धानेपनि उसको उत्तराधिकारी पूँजीवादी नै भएर निस्कन्छ र आन्दोलन एवं सत्ता स्थापनाका सवै उपलब्धी छिट्टै चकनाचुर हुन पुग्छन् । यस्तो ऐतिहासिक तथ्यलाई हेरेर निस्कर्षमा पुग्ने हो भने अहिलेसम्मको माक्र्सवादी क्रान्ति, शान्ति र सुखको अभ्यासलाई सहृदयी प्रगतिशील संवेदना र युवाहरुको भावनात्मक उत्सर्ग एवं बलिदानको ऐतिहासिक कार्यका रुपमा लिन सकिन्छ जसको सार्थक परिणाम संसारमा कतैपनि भेटिन्न । यहि आचरण यथावत रह्यो भने भेटिन पनि मुस्किल पर्नेछ ।
जनतानको हित अनुकूल र सर्वहारा वर्गलाई नेतृत्वमा पुर्याउनका लागि तथा राज्य न्यायपूर्ण बनाउनका लागि समाजका अन्य समुदायको साथमा युवा र विद्यार्थीहरुको नै मुख्य भूमिका हुन्छ । त्यसमा उनीहरुको सवैभन्दा ठूलो योगदान यही नै हुनसक्छ र हुनपनि पर्दछ कि उनीहरुले मजदुर किसान, उत्पीडित, वर्गीय चेपुवामा परेकालाइ जागृत गर्ने र संगठित गर्ने गरी उनीहरुलाई क्रान्ति कारी संघर्षमा अगाडि ल्याउन सवभन्दा बढी जोड दिनुको साथसाथै सामाजिक, आर्थिक, राजनैतिक जस्ता यावत विषयवस्तुमा युवा र विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
विद्यार्थीहरु अध्ययन गर्नका लागि विद्यालयमा गएका हुन्छन पढ्नका लागि
होइन । अध्ययन एउटा बृहत एकाई हो जसको तुलनामा पढ्नु सानो परिणामूलक मानिन्छ । यहाँनिर नेपालको वर्तमान परिदृश्य हेर्दा विद्यालयलाई वेरोजगार उत्पादन गर्न फ्याक्र्टीको रुपमा विकास गरिदैंछ । त्यतिमात्र होइन राजनैतिक अहमताले सीमा नाघेका केही राजनैतिक पृष्ठभूमिका व्यक्तिहरुले विद्यालयमा पार्टीका कार्यकर्ता उत्पादन गरिरहेको देखिएको छ । जाहा विद्यार्थीहरुलाई शिक्षा दिन तयार व्यक्ति शिक्षक हुँदैन उ त राजनैतीक पार्टीको प्रतिनिधित्व गर्ने ‘नाम मात्रको शिक्षक’ हुन्छ । अध्ययन र अनुशासन मा बस्ने काम पुरा गर्दै आवश्यक शैक्षिक सामग्री र व्यवस्थापनका लागि सचेत र संगठित भएर संघर्ष गर्नुपनि विद्यार्थीहरुको महत्वपूर्ण कर्तव्य हुन्छ । त्यसो नगर्ने होभने आफू सफल हुन सकिन्न । आफ्नो सफलताको लागि संघर्ष गर्ने आवश्यक छ र त्यो आफैंले गर्नुपर्छ ।
कुनैपनि देशको नीति त्यहाँको राजनैतिक व्यवस्थाको मातहतमा रहेको हुन्छ । राजनैतिक व्यवस्था जनताको पक्षमा छैनभने विद्यार्थी तथा युवाहरुले जतिसुकै बढी मेहनत गरेपनि जीवनको सार्थक उचाइमा पुग्न सक्दैनन् । त्यसैले आफ्नो अध्ययनको पाठ्यक्रम, शिक्षानीति र देशको राजनैतिक व्यवस्थाबारे पनि विद्यार्थीहरुले र समग्रमा युवाहरुले अध्यन गर्न आवश्यक हुन्छ । सामन्त र दलालहरुको नेतृत्वमा देशको स्वाधिनताको संरक्षण र जनजीविकाको सुधार हुन
सक्दैन । भएपनि जति हुनुपर्ने हो त्यति हुनसक्दैन । जनताको प्रतिनिधिहरु सरकारमा सामेल गराउन र सामन्त र विदेशी दलालहरुको हातमा रहेको शासन व्यवस्था जनताको हातमा स्थापित गराउन का लागि पनि नेपालका विद्यार्थी र सम्पूर्ण युवावर्ग सचेत र संगठित हुनुपर्दछ ।
विदेश जान र राम्रो नम्बर ल्याउन नसकेमा कमजोर विद्यार्थीहरु राजनीतिमा लागरहेका छन् । पार्टीहरुलाई कार्यकर्ता चाहिएको छ, जस्तो भएपनि हुन्छ । त्यसैले पढाइमा असफल भएका व्यक्तिहरुलाई तिनीहरुको कार्यकर्ता बनाएका छन् । तिनै कार्यकर्ता भोली नेता बन्ने हुन् । सहजै विचार गर्न सकिन्छ, यस्तो जनशक्ति राजनीतिमा लागेपछि देशको अवस्था कस्तो होला ? पढेर राजनीतिमा लागेका एक्का दुक्का जो छन् उनीहरु पनि राजनीति शास्त्र पढेर गएका छैनन् । राजनीतिमा व्यवहारिक ज्ञान लिएर गएका छैनन् । कुनै इन्जिनियर राजनीतिमा गइरहेको छ, कुनै डाक्टर राजनीतिमा गइरहेको छ, कुनै साहित्यकार राजनीतिमा गइरहेको छ ।
इन्जिनियर, डाक्टर, साहित्यकार राजनीतिमा प्रवेश गरिरहेका छन् तर त्यहाँ उनीहरुको गहिरो अनुभव छैन । नेताहरुसंग राजनीतिशास्त्रको ज्ञान र राजनीतिमा दक्षता नै छैन । राजनीतिशास्त्रको ज्ञान र राजनीतिमा दक्षता नभएपछि त्यस्तो प्रकारको व्यक्तिले राजनीतिलाई नेतृत्व दिनै सक्दैन, किनकि त्यो पनि अदक्ष छ ।
त्यसले देशलाई नोक्सानी बाहेक केही पनि दिन सकिरहेको छैन । कुनै विचार राष्ट्रिय तहमा प्रभाव पार्ने किसिमको हुन्छ: एउटा राष्ट्रको उन्नतिका निमित्त प्रयोगमा आउँछ । कुनै विचार अन्तर्राष्ट्रिय जगतलाई नै प्रभाव पार्ने किसिमको हुन्छ, अन्तर्राष्ट्रिय तहमा नै प्रयोगमा आउँछ । कुनैपनि नयाँ विचार आउनासाथ त्यो विचार कति प्रभावकारी छ,कति तथ्यसंगत छ, कति सत्य छ, त्यसका आधारमा अगाडि बढ्छ ।
नेपालका हरेक आन्दोलनमा प्रयोग विद्यार्थी र युवाहरुको गरिएको छतर हरेक संर्घषको परिणामले न त युवाको हितमा काम गर्न सकेको छ न त विद्यार्थीको नै । पार्टीको झण्डा बोकाउने र बौद्धिक शक्तिको प्रयोग गरी देशका भविष्य निर्माताहरुलाई जुन ढंगबाट प्रयोग गर्न खोजिएको छ त्यो पक्कै पनि जायज छैन । युवाहरुको आम समस्यालाई मध्यनजर गर्दै उनीहरुको हित अनुकूल राज्यका क्रियाकलाप अगाडि बढ्नु आवश्यक छ । वर्तमान स्थिति कायम रही राख्ने होभने केही समय पछिको नेपाल यस्तै नै रहला भन्न सकिन्न ।

No comments:
Post a Comment