सुर्खेतपत्र संवाददाता
सुर्खेत, २८ चैत ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले दुई वडाका साढे दुई हजार घरमा नम्बरिङ पाता राख्न सुरु गरेको छ । वीरेन्द्रनगरका ६ र ९ नम्वर वडाका गरी २ हजार ६ सय ५२ घरधुरीमा नम्बरिङ पाता राख्ने काम सुरु गरेको हो । मेक्ट्रीक ठेगाना प्रणाली अनुसार वनाउनको लागि पहिलो चरणमा वडा नं. ६ र ९ का घर तथा सडकहरुमा नम्बरिङ पाता राख्ने काम सुरु गरिएको वीरेन्द्रनगर नगरपालिका सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका अनुसार वडा नं. ६ मा २ हजार ८८ घरधुरी र १ सय १५ वटा सडकको र वडा नंं. ९ मा ५ सय ६४ घरधुरी र ५२ वटा सडकमा मेक्ट्रीक ठेगाना प्रणाली अनुसारको पाता राख्ने काम सुरु भएको छ । शुक्रवार वडा नं. ६ को मगंलगढी चौकवाट गणेश चौक जोड्ने सदरलाइन पथ र कमला वस्नेतको घरमा ५३ नम्बरको पाता राखी नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले उद्घाटन गरेका छन् ।
नगरपालिकाका नक्सा शाखाका प्रमुख तथा सब इन्जिनियर किशोर कँडेलले शहरी विकास र नगरपालिकाको आर्थिक लगानीमा वीरेन्द्रनगरका वडाका घरहरुमा नम्वरसहित पाता राख्ने काम सुरु गरिएको बताए । सुरुवातको पहिलो चरणमा दुई वटा वडा भएपनि चरणवद्ध रुपमा सबै वडाहरुमा मेक्ट्रीक ठेगाना प्रणाली वनाउने उनले जनाए । सडकमा ठोकिएको पातामा विज्ञापनका लागि न्युनतम १ हजार शुल्कमा व्यापारीले विज्ञापन टाँस्न पाउने पनि कँडेलले बताए ।
अव नक्सा शाखाले नयाँ घरका लागि नक्सा पास गरेपछि घर नम्बर पनि संगै दिने उनले जानकारी दिए । घरमा गरिने नम्बरिङका लागि प्रत्येक घरधुरीवाट २ सय रुपैयाँ शुल्क लिने पनि उनले जनाए ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्मसालले विभिन्न कामका लागि चाँडै ठेगाना पत्ता लगाउन मेक्ट्रीक ठेगाना प्रणालीबाट सजिलो हुने बताए । पहिलो चरणमा २ वटा वडावाट सुरु गरेपनि चरणवद्ध रुपमा नगरपालिकाका सवै वडाहरुमा गरिने जानकारी उनले दिए । रातीको वेला बाहिरवाट आउनेहरुलाई पनि सहजै ठेगाना पत्ता लगाउन सकिने अधिकृत लम्सालले जनाए । अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पौडेलले सडकको आधारमा घरहरु नम्बरिङ हुने बताए । नगरपालिकालाई पूर्व, मध्य र पश्चिम गरि ३ क्षेत्रमा छुट्याइ काम गरिरहेको पनि उनले जनाए ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदी, नेकपा एमालेका नगर अध्यक्ष पूर्णप्रसाद पौडेल, एमाओवादीका दानसिंह सुनार, नेकपा–माओवादीका माधव ढकाल, समाजवादी जनता पार्टीका भगवानप्रसाद जैसी लगायतको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment