उखुको जुस खानुका १० फाइदा

    गर्मी मौषममा मानिसहरु उखुको जुस गर्मी हटाउनको लागि पिउने गर्छन् । तर यो स्वादिष्ट पेय पदार्थले गर्मी हटाउन मात्र होइन अन्य थुप्रै फाइदा छन् भन्नेबारे चाहीं धेरैलाई थाहा नहुनसक्छ । उखुको जुसमा क्याल्सिय, मक्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । त्यतिमात्र होइन उखुको जुसमा आइरन भिटामिन ए बी १, बी २, बी ३, बी ४, बी ५, बी ६ प्रोटीन र फाइवर पनि उच्च हुन्छ । उखुको जुसका यस्ता फाइदा:
१. तत्काल ऊर्जा:
    उखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उखुको जुस खाँदा तत्काल शरीर ऊर्जाशील हुन्छ ।
२. क्यान्सरबाट बचाउँछ:
    उखुको रसमा क्याल्सियम क्रोमियम कोबाल्ट म्याग्नेसियम फस्पोरस पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यि तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।
३. डण्डीफोरबाट मुक्ति:
    उखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।
४. मृगौलालाई फाइदा:
    उखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ । यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।
५. रोग प्रतिरोधी क्षमता बढ्छ:
    उखुको रसमा एंटीआक्सीडेट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ ।
६. पाचन प्रणालीमा सुधार:
    उखुको रसमा हुने पोटासियमले पाचन प्रणाली पनि राम्रो हुन्छ ।
७. दाँत बलियो हुन्छ:
    उखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाात बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।
८. नङमा चमक:
    उखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।
९. त्वचा जवान हुन्छ:
    उखुको रसमा हुने खनिजको मात्राले शरीरमा ऊर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ ।
१०. ज्वरोबाट मुक्ति:
    उखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ ।
 

No comments:

Post a Comment