सुर्खेतपत्र संवाददाता
कालिकोट, २८ चैत ।
जिल्लामा गाउँ परिषद्पछि १७ औं जिल्ला परिषद् सम्पन्न भएपछि घरबिदामा गएका गाविस सचिव जिल्ला नफर्किंदा सेवाग्राही समस्यामा परेका छन् भने एउटै सचिवले १५ गाविस हेर्नु परेको छ ।
कालिकोट जिल्लामा ३० वटा गाविसमध्ये १५ गाविसका सचिवहरू एकै समयमा घरबिदामा गएका छन् । जुविथा गाविसका सचिव विष्णुऋषि आर्चायले अहिले सदरमुकाम मान्म लगायतका जिल्लाका १५ गाविसको कामको जिम्मा लिएको र अन्य गाविसको समेत काम जारी राखेको बताए ।
गाविसका सचिवहरू एकै समयमा बिदामा गएपछि सेवाग्राही मारमा परेका छन् । अहिले अधिकांश गाविसमा भवन नभएका कारण सदरमुकामबाटै हरेक काम भइरहेका छन् ।

No comments:
Post a Comment