सुर्खेतपत्र संवाददाता
जुम्ला, २८ चैत ।
नेपाल नेत्र ज्योति संघ जुम्ला र हिमालय आँखा अस्पताल पोखराको सहयोगमा संचालित नि:शुल्क आँखा शिविरमा १ हजार ३ सय ४५ बिरामीले सेवा लिएका छन् । सदरमुकाम खलंगामा चैत २४ देखि २७ गतेसम्म आयोजना गरिएको नि:शुल्क शिविरमा जुम्ला जिल्लाका ३० गाविससहित मुगु, कालिकोट, डोल्पा र जाजरकोट जिल्लासम्मका बिरामीले आँखाको उपचार सेवा पाएको आँखा उपचार केन्द्र जुम्लाका प्रमुख कालिबहादुर रावतले जानकारी दिए ।
यसअघि पनि जुम्लाको रारालिही, पाण्डुगुफा, नराकोट र डिल्लीचौर गाविसमा नि:शुल्क आँखा शिविर राखी १०० जनाको प्रारम्भिक उपचार गरिएको थियो । यसपटक १ सय ८१ जनाको शल्यक्रिया र ५ जनाको साधारण अप्रेसन भएको केन्द्र प्रमुख रावतले बताए । प्रमुख रावतका अनुसार विगत वर्षभन्दा यस वर्ष मोतिबिन्दुका बिरामी बढी देखिएको र यसको खास कारण उपचार सेवामा सबै सेवाग्राहीको पहुँच बढ्नु हो ।

No comments:
Post a Comment