माटोको ढिस्कोले पुरिंदा २ महिला गम्भीर घाइते

सुर्खेतपत्र संवाददाता 
मुगु, १३ वैशाख ।
    जिल्ला सदरमुकाम गमगढीदेखि १२ कोष टाढा मांग्री गाविस मह गाउँमा शुक्रबार कमेरो माटो लिन जाँदा माटोको ढिस्कोले पुरिंदा २ महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा सोही गाविस–७ बस्ने ४० वर्षीया उर्गीनछोमु लामा र ९ बस्ने २६ वर्षीया हिसे टोमो लामा रहेकी छिन् । घाइतेलाई अस्पतालसम्म ल्याउन कठिनाइ भएकाले हेलिकप्टर चार्टरको व्यवस्था गर्न सकिएमात्र उपचारको सम्भावना हुने अन्यथा बिरामीको ज्यानसमेत जान सक्ने स्थानीय तेन्जिन ठिल्ले लामाले बताए ।
 
 

No comments:

Post a Comment