सुर्खेतपत्र संवाददाता
सुर्खेत, १३ बैशाख ।
मप क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सुर्खेतमा संचालित छैठौं क्षेत्रीय राष्ट्रपति रनि· शिल्ड प्रतियोगितामा बाँके जिल्ला प्रथम भएको छ । सुर्खेत दोस्रो र बर्दिया तेस्रो भएका छन् ।
बाँकेले कूल अंक १८० ल्याएको छभने सुर्खेतले १५३ र बर्दियाले १४१ अंक ल्याएका छन् । यस्तै कालिकोट ११७ अंकका साथ चौथो, दाङ १०२ अंकका साथ पाँचौं, जाजरकोट ३९ अंकका साथ छैठौं, सल्यान र प्युठान २९ अंकका साथ सातौं, रुकुम आठौं, रोल्पा नवौं, जुम्ला, दैलेख, डोल्पा पछाडि छन् ।
छात्र भलिवलमा कालिकोट प्रथम, सुर्खेत द्वितीय, प्युठान तृतीय भएको छभने छात्रा भलिवलमा कालिकोट प्रथम, बाँके द्वितीय र दाङ तृतीय भएका छन् । कराँतेमा ३ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरी सुर्खेत प्रथम भएको छभने दाङ दोस्रो भएको छ । ऊसुमा बर्दिया प्रथम र सुर्खेत दोस्रो भएको छन् । तेक्वान्दो खेल गर्ने भनिएपनि प्राविधिक कारणबस स्थगित गरिएको छ ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई मप क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष अक्कलबहादुर वम, सुर्खेतका निमित्त स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी, खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष डिल्ली सुवेदीलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
मध्यपश्चिम क्षेत्रका १३ वटा जिल्लाका करिव ६ सय खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगिताबाट ८१ जना खेलाडी छनौट गरी यही बैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनि· शिल्डको राष्ट्रिय प्रतियोगितामा समावेश गराइने जिल्ला खेलकुद विकास समिति सुर्खेतका उपाध्यक्ष अमर चन्दले जनाए ।

No comments:
Post a Comment