सुर्खेतपत्र संवाददाता
सुर्खेत, १४ बैशाख ।
चार विद्यार्थी संगठनहरुले मप विश्वविद्यालयका पदाधिकारीहरुलाई आज सोमवारदेखि गाडीहरु प्रयोग नगर्न चेतवानी दिएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौंले आइतवार विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा गत चैत २८ गते प्रकाशित विज्ञापनप्रति असहमति रहेकोले तत्काल रद्द गर्न आग्रह गरिएको छ । विद्यार्थीहरुका जायज मागहरुलाई बेवास्ता गर्दै पदाधिकारीहरुले मनोमानी निर्णय गरेकोले आफूहरुले दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको जानकारी गराउँदै विज्ञप्तिमा आज सोमवारदेखि उनीहरुले प्रयोग गर्दै आएको गाडीहरु प्रयोगमा रोक लगाउने उल्लेख छ । यदि प्रयोग गर्न रोक लगाइएका गाडीहरु प्रयोग गरिए त्यसको जिम्मेवारी स्वयं पदाधिकारीहरु हुनुपर्ने उनीहरुको चेतावनी छ ।
स्थापनाकालदेखि नै अभाव, संक्रमणबाट ग्रस्त विश्वविद्यालयलाई सहमतिबाट अगाडि बढ्नुपर्नेमा पदाधिकारीहरुकै मनोमानी ढंगबाट विश्वविद्यालय चलेकोले उनीहरुको स्वैच्छारिताको अन्त्य हुनुपर्ने माग विद्यार्थी संगठनहरुले गरेका छन् ।

No comments:
Post a Comment