सुर्खेतपत्र संवाददाता
दैलेख, १३ वैशाख ।
अपूरो क्रान्ति पूरा गर्ने भन्दै माओवादी जनयुद्धमा विभिन्न स्थानमा लडेका दैलेखका अधिकांश पूर्व लडाकूहरू अहिले गाउँमा फर्केर आ–आफ्नो व्यवसायमा व्यस्त भइरहेका छन्भने कतिपय लडाकूहरू खुलेर जिल्ला कमिटीलगायतका पदमा रहेर राजनीतिसमेत गरिरहेका छन् । विशाला–७ गैरीगाउँका ४० वर्षीय कर्णबहादुर सिंजापति पूर्व माओवादी लडाकू हुन् । ‘शरद सिंह’ उपनामले सशस्त्र जनयुद्धका क्रममा विभिन्न आक्रमणमा होमिएका उनी उमेर हदका कारण सेना समायोजनबाट बाहिरिन पुगे । तैपनि, उनलाई कुनै पछुतो भएन । शान्तिपूर्ण संघर्षबाटै अधुरो क्रान्ति पूरा गर्ने निधोसहित कर्णबहादुर छैठौं डिभिजन अन्तर्गत पिली स्मृति बिग्रेड गुमीबाट बिदाइ भए ।
स्वेच्छिक अवकाशमा निस्कंदा पाएको रु. ६ लाख गाउँमै सदुपयोग गरे । बाहाकोटमा उनको खुद्रा, खाद्यान्न तथा औषधि पसल छ । अहेव अध्ययन गरी युद्धमा होमिएका उनले त्यहाँ पनि सेना र स्वास्थ्य दुवै फाँटमा काम गरे । उनले भने, ‘मोर्चामा बन्दुक र आला दुवै झुन्डाएको हुन्थें, त्यतिबेला धेरै साथीलाई बचाइयो, अहिले गाउँलेको सेवा गर्दैछु ।’ अहिले उनको व्यापार–व्यवसाय रामै्र चलेको छ । ‘युद्धमा स्वास्थ्य क्षेत्र पनि सम्हाले, ‘प्राक्टिस’ बढी भयो, त्यो अहिले पनि काम लागेको छ, जटिल देखिएपछि अन्यत्र पठाइदिन्छु, सबैबाट विश्वास आर्जन भएको छ व्यापारले परिवार खर्च चलाउन सजिलो भएको छ ।’ उनले सन्तुष्टि व्यक्त गरे ।
पश्चिमका सबैजसो फौजी आक्रमणमा उनी सामेल भए । पछिल्ला आक्रमणमा सेक्सन कमाण्डरको जिम्मेवारी पाए । कपिलवस्तुको तौलीहवामा सामान्य छर्रा लागेपनि अन्य घटनामा उनी सकुशल रहे । ‘घाइते साथीको उपचारमा दिनरात खटियो । अहिले झल्झली ती क्षणको याद आउँछ’, पाल्पादेखि रम्बापुरसम्मका आक्रमण सम्झिएँ, धन्न बाँचियो यस्ता धेरै मोर्चामा लडेकाहरू सबैले भन्ने गर्छन् परिवर्तन सामान्य भयो तर सोचेजस्तो अझै भएको छैन् । अवकाशबाट निस्केलगत्तै उनलाई एमाओवादीले विशाला गाउँ समितिको अध्यक्ष बनायो । पार्टी संगठनका अतिरिक्त उनी गाउँ विकासका लागि दिनरात खटेका छन् ।’ ‘हामीलाई भूगोलले पनि ठगेको छ । मोटरबाटो ल्याउन कठिनाइ छ । तैपनि, सडक ल्याउन लागिपरेका छौं’, कर्णबहादुरले भने ।
उनीमात्र हैनन् राकम कर्णाली–७ का चेतन माझीपनि अहिले दैलेखको काँडाचौरमा खाद्यान्न र खुद्रा व्यवसाय गरेर बसेका छन् । आफूले पाएको रकम सदुपयोग गरेर व्यवसाय गरेको र राम्रो गुजारा भएको उनले बताए । सिंहासैन–६ का केशव नेपालीले पनि राकम कर्णाली बजारमा व्यवसाय गरेर बसेका छन् । लडार्इंमा हुँदा परिवारसंग दुर्लभ मात्रामा भेटघाट हुने गरेको बताउने उनले अबका सबै दिन घरपरिवारसंग रमाएर बिताउने बताए ।
दैलेख चौराठा गाविसका दलबहादुर विकपनि अहिले राजनीतिसंगै व्यापार गरेर बसेका छन् । गाउँस्तरको कमिटीमा काम गरेको उनले बताए । ‘जीवन बाँच्ने आशा त्यागी बन्दुक समातेर लडियो तर अहिले त्यस अनुसारको प्रतिबद्धता पूरा भएको छैन,’ आझै परिवर्तन हुन्छ भन्ने आशमा रहेको उनले बताए । पहिला एउटै माओवादी मोर्चामा लडेका पूर्व लडाकूमध्ये अधिकांशले पार्टी विभाजनपछि समस्यासंगै दुवैतर्फको लाइनमा राजनीतिसमेत सुरु गरेका छन् । कतिपय एमाओवादीमै रहेका छन् भने कतिपय नेकपा–माओवादीमा आबद्ध रहेर काम गरेका छन् ।
‘बन्दुक समातेर लड्न होमिएका यहाँका ४०० भन्दा बढी पूर्व लडाकूमध्ये कतिपयले मैदानमै मृत्यु बरण गरे भने बाँचेका करिब ३०० भन्दा बढी हामीहरूमध्ये कोही यस्तै व्यवसायमा छौं, कोहीले राजनीति गरेका छन्, कहिले कतै भेट भयो भने विगतको सम्झनाबाहेक अरू केही नहुने भएको छ, नेपालको राजनीतिले लडाकूहरूलाई सम्मान गर्न सकेन’ दलबहादुर विकले गुनासो गरे ।

No comments:
Post a Comment